काठमाडौं। एनसेलले ‘हरेक दिन सरप्राइज सबैलाई प्राइज सुनिश्चित’ योजना ल्याएको छ । १८औं वार्षिकोत्सवको अवसरमा अब एनसेलका प्रत्येक ग्राहकले २८ दिनसम्म लगातार हरेक दिन निश्चित पुरस्कार जित्न सक्ने गरी योजना ल्याएको हो । यति मात्र होइन, ग्राहकहरूले साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटरहरू पनि प्राप्त गर्छन्।
एनसेल आजियाटा लिमिटेडले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आइतवार ‘हेयर फर यु’ भन्ने नारालाई ध्यानमा राख्दै यो आकर्षक क्याम्पेन ‘हरेक दिन सरप्राइज सबलाइ निश्चित पुरस्कार’ ल्याएको घोषणा गरेको छ । यस अभियानमा, प्रत्येक ग्राहक एक विजेता हो र निःशुल्क उपहार प्राप्त गर्दछ।
आइतवारदेखि, ग्राहकहरूले विस्तारित उत्सवहरूको एक भागको रूपमा निश्चित(पुरस्कार उपहारहरू प्राप्त गर्दैछन्। निः शुल्क दैनिक उपहारहरूको मजा लिन र साप्ताहिक र बम्पर पुरस्कारहरूको लागि योग्य हुन, ग्राहकहरूले सजिलै *17117# डायल गर्न सक्छन्। यो युएसएसडी कोड डायल गरेपछि ग्राहकले बिना कुनै शुल्क एनसेलका उत्पादन तथा सेवाहरू प्राप्त गर्छन्।
ग्राहकहरूलाई उपलब्ध गराइने यी उपहारहरूमा निस्शुल्क डिजिटल सेवा सदस्यता, एनसेलबाट एनसेल ब्यालेन्स, डाटा, एनसेलबाट एनसेल टक टाइम र एनसेललाई एनसेल एसएमएस समावेश छन्। डिजिटल सेवाको सक्रियता, बोनस ब्यालेन्स र प्राप्त स्रोतहरू २४ घण्टाको लागि मान्य रहनेछ।
२८ दिनको यो अभियान अवधिमा १ हजार ग्राहकले मौज्दात रु.१०० हरेक हप्ता। अभियानको अन्त्यमा, सात ग्राहकले बम्पर पुरस्कारको रूपमा प्रत्येक एक स्कुटर जित्नेछन्।
साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले हप्तामा कम्तीमा एक पटक ८ज्ञठज्ञज्ञठ३ ग्क्क्म् कोड डायल गरी अभियान अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्नेछ। साप्ताहिक र बम्पर उपहारहरूको लागि, ग्राहकहरूले एनसेल एपमा एनसेल बारे स्लोगन पठाउनु पर्छ ।


