काठमाडौं– राकुटेन भाइबरले आफ्ना प्रयोगकर्ताका लागि उत्कृष्ट कम्युनिकेसन र बम्पर अफर योजना ल्याएको छ । आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदा लिन कम्पनीले आग्रह गरेको छ ।
संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्ध सूत्र हो। भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान–टु–वान, भिडियोकल, ग्रुपमेसेजिङ, अपडेटहरूका साथै आफ्ना मन पर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रिया जस्ता फिचरहरूको लाभ उठाउन सक्छन्।
भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई–कमर्स र वित्तीयसेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो।
नयाँ भाइबर च्याटबटको साथ राकुटेन भाइबर र सस्तो टिकट्सले नेपाल पर्यटनलाई पुनः परिभाषित गर्दै सस्तो टिकट्सको इन– एप बुकिङका साथले नेपाल यात्रा अझ सुविधाजनक बनाउँदै छ राकुटेन भाइबर।
राकुटेन भाइबरले नेपालको पर्यटन उद्योगप्रति आफ्नो प्रतिबद्धतालाई पुनः प्रमाणित गर्दै लगेको छ। अन्तरिक यात्रालाई सहयोग र सशक्तिकरण गर्ने निरन्तरको प्रयासस्वरूप भाइबरले सस्तो टिकट्स संग मिलेर एउटा सिर्जनात्मक च्याटबटको सुरुवात गरेको छ जसले नेपाली र अन्तर्राष्ट्रिय यात्रुहरूले देशकोअन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउनेछ।
भाइबरको ट्राभल एजेन्सीसँगको सहकार्यले सस्तो टिकट्स च्याटबटमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराएको छ। यो प्लेटफर्मले लागत–प्रभावी उडान विकल्पहरू मात्र प्रदान गर्दैन, बरूअन्य धेरैआकर्षक लाभहरू पनि ल्याउँछ, जस्तैः बम्परअफरमा उडान र आवासको पूर्ण सुविधासहित दुईजनाको लागि थाइल्याण्डको यात्रा गराउनेछ ।
त्यस्तै, दुई–तर्फी आन्तरिक उडान टिकटहरू लिनेमध्ये १५ जोडी यात्रुहरूलाई राउन्ड ट्रिप टिकटहरू दिइने विशेषअफर, पोखरा आवासमा १५ प्रतिशत छुट, माउन्टेन फ्लाइटहरूमा पाँच जना थ्रिल चाहनेहरू र हरेकका एक–एक साथीले चार्टर्ड उडानमार्फत हिमाल र त्यसका सुन्दर परिदृश्यहरूको रोमान्चक अनुभूति लिन सक्नेछन।
सस्तो टिकट्सका संस्थापकअध्यक्ष तथा सीईओ सम्राट दाहाल भन्छन, ‘राकुटेन भाइबरसँगको हाम्रो नयाँ सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको छ र हामी नेपालभित्रकोअन्वेषणलाई पहिलेभन्दा बढी फराकिलो, पहुँचयोग्य र रोमाञ्चक बनाउन आतुर छौं।’


