काठमाडौं– आइसर मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ । भदौ १७ देखि २९ सम्म सञ्चालन भएको उक्त सर्भिस क्याम्प नेपालभरका ११ विभिन्न स्थानमा सञ्चालन गरिएको थियो ।
क्याम्पमा भेला भएर करिब २००० जनाभन्दा बढी ग्राहकहरुले आफ्ना सवारीको सर्भिसमर्फत लाभ लिएका थिए । बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकहरुलाई ६ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको छ । यसका साथै नियमित मर्मत/सम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ ।
बिदाको समय तथा रात्रिकालिन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा सञ्चालन हुने र उक्त सेवाकालीन टोल फ्री नम्बर १६६००१११५५५ मा फोन गरि चौबिसै घण्टा सेवा लिन सकिने जानकारी दिइएको हो । बतास एमएडब्लूले सधैं गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यको रूपमा प्राथमिकता दिएको छ ।
व्यावसायिक सवारी साधनहरूका लागि उत्तम सम्भावित हेरचाह उपलब्ध गराउने प्रतिबद्धता, ग्राहकको अपेक्षाहरू पूरा गर्ने प्रयासकै कारणले यस उद्योगले मान्यता पाएको हो ।


