काठमाडौँ- १६औं संस्करणको इन्डियन प्रिमयर लिग (आईपीएल)को उद्घाटन खेलमा साविक विजेता गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ। गत राति भएको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै गुजरात विजयी भएको हो।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नईले १७९ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्यलाई गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभर खेल्दा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो।


