काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ।
शुक्रबार साधरणसभा तथा बन्द प्रशिक्षण सम्पन्न भएकाले नेतृत्वको लागि शनिबार निर्वाचन गर्न लागेको हो।
बानेश्वरस्थित एभरेस्ट होटलमा दिउँसो १२ बजे मतदान सुरु हुने बताइएको छ।
मतदानका लागि ८५ जना मतदाताको नामावली सार्वजनिक भएको छ।
विधान र नियमले ८६ जना मतदाता हुने भए पनि विवादका कारण झापाका प्रतिनिधिले मतदानमा सहभागी हुन नपाउने भएका छन्।
८५ जनाको मात्रै नामावली सार्वजनिक गरिएको क्यानले जनाएको छ।
क्यानको अध्यक्षका लागि चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ।
चन्दको प्यानलबाट सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का भिड्दैछन्।
पारसको विरुद्धमा क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल छन्।


