काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।
शनिबार संघको अध्यक्ष पदका लागि निर्वाचन हुने तय भएपनि चन्द निर्विरोध भएका हुन्।
अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भए।
क्यानमा अध्यक्ष चन्दको यो दोस्रो कार्यकाल हो।
क्यानको कोषाध्यक्ष पदमा पनि पदम खड्काबाहेको उम्मदेवारी परेन। उनी पनि निर्विरोध बने।
त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध भइन्।
सचिवलगायत अरु पदका लागि भने निर्वाचनका कार्यक्रम भइरहेका छन्।
सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्ल प्रतिस्पर्धामा छन्।
पारसले चन्द प्यानलबाट सचिवमा उम्मेदवारी दिएका हुन्।
उनी बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष छन्।
मल्ल यसअघि पनि सचिव थिए। तर विवाद भएपछि राजीनामा दिएका थिए।
क्यानको निर्वाचनमा ८४ मतदाता छन्।


