काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट चीन पुगेका छन्।
शनिबार बिहान प्रचण्ड चीन पुगेका हुन्।
१९औँ एसियाली खेलकुदको उद्घाटन हुने हाङ्झाउमा चीनका चिनियाँ ओलम्पिक समितिका अध्यक्ष गाओ झिदानले स्वागत गरेका थिए।
हाङजाउमा शनिबार १९औँ एसियन गेमको उद्घाटन हुँदैछ। उक्त समारोहमा प्रधानमन्त्री सहभागी हुँदैछन्।
हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रचण्डले भेट गर्ने कार्यक्रम छ।
हाङजाउपछि प्रचण्ड बेइजिङ लाग्नेछन्। सोमबार बेइजिङमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ समकक्षी लि छियाङ्सँग भेट गर्ने कार्यक्रम छ।




