२०८३ कार्तिक १४ गते शुक्रबार

अमेरिकामा नेपालीको फुटबल र भलिबल, स्पर्धामा हजार खेलाडी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ६
usvolley

न्यूयोर्क- अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन्।

अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन्।

यस्तै फुटबलमा युवातर्फ १६ र ३५ वर्षमाथिका भेट्रानतर्फ आठ टोली गरी २४ टोली सहभागी छन्। महिलातर्फ भलिबलमा आठ वटा टोली प्रतिस्पर्धामा छन् भने फुटबलमा तीन टोली मैदानमा छन्।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सुरु भएको तेस्रो इन्ट्रा कप फुटबल तथा भलिबल खेलको उद्घाटन फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले गरेका थिए।

उत्तर अमेरिकामा रहेका नेपाली जातिका सबै खेलप्रेमीलाई हौसला बढाउने, नेपाली समाजलाई खेलका माध्यमबाट अनुशासित बनाउने र अमेरिकावासी नेपाली युवायुवतीको मनोबल बढाई भविष्यमा जुनसुकै प्रतिस्पर्धा पनि अगाडि बढ्नसक्ने बनाउने उद्देश्यले फाउण्डेसनले यी खेलहरु आयोजना गरेको उनले बताए।

विश्वभरका नेपाली प्रतिभालाई समावेश गराई मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स नामका दुई वटा रियालिटी शोहरु गत महिना नेपालमा समापन गरेको फाउण्डेसनले अमेरिकावासी नेपाली खेलप्रेमीका लागि यो बृहत् खेलकुदको आयोजना गरेको हो।

आयोजक समितिका निर्देशक अरुण गुरुङले दिएको जानकारीअनुसार प्रशिक्षक र टोली म्यानेजरसहित लगभग एक हजार खेलाडी सामेल छन्।

उनले दुवै खेलमा अमेरिकाका भर्मन्ट, पेन्सिलभेनिया, नर्थ क्यारोलिना, न्यूयोर्क, क्यानडा, ओहायो, मासाच्युसेट्स, केन्टकी, टेक्सास, क्यालिफोर्निया, जर्जिया, नेब्रास्का, मेरिल्याण्डलगायतका राज्यमा टोली सहभागी भएको बताए।

प्रतिस्पर्धामा भेट्रान्सतर्फ हिलसिटी क्लब, रिभाइभल क्लब, एक्रोन इन्ट्रा, न्यूयोर्क भेट्रान्स, इन्ट्रा कोलम्बस र ह्यारिसवर्ग भेट्रान्स प्रतिस्पर्धामा छन् भने युवातर्फ साङ्ग्रिला युथ फुटबल क्लब, न्यूयोर्क नेपाली फुटबल क्लब, टिमाई स्क्वाड, जुनियर योङ्ग गाइज एघार, पथरी एफसी, एफसी युनाइटेड, वाइएस एफसी, सगरमाथा एफसी, इन्ट्रा एफसी, युनाइटेड ओन्टारियो, भर्मन्ट इलेवेन एफसी, न्यू स्पोर्टिङ एफसी, चुके एफसी, युनिक ब्वाइज एफसी, नर्थ क्यारोलिना रोयल एफसी र खुदुनावारी एफसी छन्।

त्यसैगरी भलिबलतर्फ बफेलो न्यूयोर्क टिम, इन्ट्रा ह्वाइट, युके ब्रदर्श इरी, सिराकस बिसी टिम, म्याग्दी समाज, अमेरिका टिम, रुकुम बी, रचेष्टर थन्डर, योङ ब्लड टिम, बागलुङ समाज टिम, एनआरएनए क्यालिफोर्निया टिम, एक र टिम दुई, फिफ्टी स्टार युवा क्लब, द सिटी अफ टालमाजे, युटिआइसीए युथ, रुकुम ए, बेलमन्ट टिम, इयुसिएनसी टिम, मामा भान्जा ह्वाइट टिम, सिन्धु टिम न्यूयोर्क, सार्लेट सिक्स टिम, इन्ट्रा ब्लू टिम, साजनी टेक्सास टिम, मामा भान्जा ब्ल्यू र एएनकेए केन्टकी टिम सहभागी छन्।

फाउण्डेसनले युवातर्फको फुटबल विजेतालाई १५ हजार अमेरिकी डलर, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई छ हजार डलर पुरस्कारको व्यवस्था गरेको छ।

भलिवलमा पुरुष विजेताले १० हजार, दोस्रोलाई छ हजार र तेस्रोलाई चार हजार अमेरिकी डलर पुरस्कारको व्यवस्था गरेको छ। भेट्रान तर्फ फुटबल विजेतालाई १० हजार, दोस्रोलाई छ हजार र तेस्रो हुनेलाई तीन हजार पुरस्कारको व्यवस्था गरिएको छ।

योसँगै युवातर्फको विजेता टिमलाई एक सय १५ ग्राम सुनको ट्रफीको व्यवस्था गरेको छ। तर यो सुनको ट्रफीलाई आफ्नो बनाउनका लागि भने एउटै क्लबले तीन वर्ष लगातार जित्नुपर्ने हुन्छ। खेल तीन दिनसम्म चल्नेछ।

प्रकाशित: २०८० असोज ६ गते शनिवार ०१:१२
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना