२०८३ कार्तिक ११ गते मङ्गलबार

बन्दुक राख्छन् गण्डकीका अर्थमन्त्री, कसको कति सम्पत्ति?

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

पोखरा, असोज ६
gandaki_cabinet

पोखरा– सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ।

कानुनी सीमा नाघेको निकै समयपछि मात्र गण्डकीका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

मंगलबार बसेको बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार बिहीबार साँझ मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ।

वैशाख १४ गते नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २९ वैशाखमा मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए।

मुख्यमन्त्रीसँग ४२ तोला सुन
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग जन्मथलो गोरखासहित विभिन्न जिल्लामा पैतृक सम्पति रहेको खुलाएका छन्। काठमाडौं, भक्तपुर र कपिलवस्तुमा पनि पैतृक जग्गा रहेको विवरण सार्वजनिक गरेका हुन्।

गोरखामा पाण्डेको ५ रोपनी १० आना १ दाम जग्गा र घर छ भने काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा २ सय १२ वर्गमिटरमा घरजग्गा छ।

पाण्डेसँग ४२ तोला सुन, ५ सय तोला चाँदी छ भने जग्गा बिक्री गरेर २ सेट हिरा किनेको देखाएका छन्। तलब सुविधाबाट १ सेट मोती किनेको पनि पाण्डेले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २४ लाख ९६ हजार मौज्दात रहेको मुख्यमन्त्री पाण्डेले खुलाएका छन्।

पत्नी विना पाण्डेको नाममा प्रभु बैंकमा ६० लाख रुपैयाँ तलब तथा उपदानमार्फत जम्मा गरेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरेका छन्।

छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा १ लाख ५६ हजार बैंक मौज्दात देखाएका छन्।

मुख्यमन्त्री पाण्डेले राष्ट्रिय वाणिज्य बैंकमा ओभर ड्राफ्ट रहेको ५० लाखमध्ये २३ लाख निकालेको देखाएका छन्।

मुख्यमन्त्री पाण्डेको श्रीमतीको नाममा नगद तथा बैंकबाट ऋणसमेत गरी ६२ लाख रुपैयाँमा कार खरिद गरेको उल्लेख गरेका छन्।

मुख्यमन्त्री पाण्डेले व्यवसायबाट बैंकमा नगद मौज्दात रहेको उल्लेख गरे पनि कुन व्यवसाय भन्ने खुलाएका छैनन्।

पाण्डेले राष्ट्रिय वाणिज्य बैंकबाट २३ लाख ऋण लिएको उल्लेख गरेका छन्।

मन्त्री सिम्खडासँग छैन गरगहना
सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले दाइ विष्णु सिम्खडाको नाममा गोरखामा पुर्ख्यौली जग्गा रहेको खुलाएकी छन्।

उनले आफूसँग सुनचाँदी नरहेको उल्लेख गरेकी छन्।

२६ हजारको मोबाइल र ७ हजारको घडी किनेको खुलाएकी छन्। 

नवलपुरको गैंडाकोटमा १५ लाख रुपैयाँमा खरिद गरेको ६ हजार ३ सय ९५ वर्ग मिटर जग्गा रहेको उल्लेख गरेकी छन्।

ललितपुर गोदावरी–३ मा १९ लाखमा खरिद गरेको ६ सय ४ वर्ग मिटर, जग्गा किनेको र श्रीमान जनकबहादुर बुढाको नाममा जुम्ला तातोपानी गाउँपालिका २ मा पुर्ख्यौली घरसम्पत्ति रहेको बताएकी छन्।

व्यापार व्यवसायबाट विभिन्न बैंकमा १ लाख ७० हजार मौज्दात रहेको सिम्खडाले खुलाएकी छन्।

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ६ लाख ७५ हजार रुपैयाँ ऋण दिएको विवरणमा उल्लेख छ। उनले १० लाख बराबरको विभिन्न कम्पनीको सेयर रहेको खुलाएकी छन्।

९५ लाख ऋण लिएर के गरिन् ऊर्जामन्त्रीले?
गण्डकी सरकारकी प्रवक्ता तथा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले स्याङ्जा वालिङ नगरपालिका–८ मा पुर्ख्यौली घरजग्गा देखाएकी छन्।

वालिङ–८ मा परिवारका सदस्यहरुको नाममा २७ वटा कित्तामा जग्गा रहेको अर्यालले बताएकी छन्।

अर्यालले २३ लाख नगद, २२ तोला सुन, ४० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।

तलबभत्ता सापटी गरेर परिवारका नाममा ३ लाख ५७ हजार मौज्दात रहेको अर्यालले खुलाएकी छन्।

अर्यालको नाममा एउटा स्कुटर र श्रीमानको नाममा एउटा मोटरसाइकल छ।

अर्यालले ९५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेकी छन् तर प्रयोजन खुलाएकी छैनन्।

२ लाख ८५ हजार बराबरको विभिन्न सहकारी, रेडियो, जलविद्युत आयोजनामा सेयर रहेको अर्यालले बताएकी छन्।

कृषिमन्त्री महेन्द्रध्वज जीसीले नगद लुकाए
नवलपुरका कांग्रेस नेतासमेत रहेका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जीसीले नवलपुरमा १ रोपनी ७ आना १५ दाम जग्गा र साढे २ तलाको घर रहेको बताएका छन्।

नवलपुर सुस्तापूर्व बर्दघाटमा १३ कित्तामा ५ हजार २१ दशमलव ५४ वर्गमिटरभन्दा धेरै पैतृक जग्गा रहेको जीसीले उल्लेख गरेका छन्। स्वआर्जनबाट जीसीले एउटा ट्याक्टर खरिद गरेको उल्लेख गरेका छन्।

कृषिमन्त्री जीसीसँग ४० तोला सुन र २० तोला चाँदी छ। त्यो पनि उनले पैतृक नै भएको विवरणमा लेखेका छन्।

जीसीको एउटा सहकारी र ५ वटा बैंकमा नगद मौज्दात रहेको तर बैंक स्टेटमेन्ट प्राप्त भएपछि रकम उल्लेख गरिने बताउँदै खाली सम्पत्ति विवरण बुझाएका छन्।

सुन्तलाबाट वार्षिक ५ लाख कमाउँछन् जुग्जाली
गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले आफूसँग ट्याक्टर, स्काभेटर र मोटरसाइकल रहेको सम्पत्ति विवरणमा खुलाएका छन्।

उनले २०७५ सालमा ऋण तथा व्यवसायबाट प्राप्त रकमबाट २३ लाख रुपैयाँमा ट्याक्टर किनेको उल्लेख गरेका छन्।

०७४ सालमा व्यवसायबाट प्राप्त रकमले ३ लाख ७० हजार रुपैयाँमा मोटरसाइकल खरिद गरेको उल्लेख गरेका छन्।

जुग्जालीको म्याग्दी मालिका गाउँपालिकामा २ वटा घर छ। एउटा आफ्नै नाममा ११ आनामा बनेको एकतले ५ कोठाको पक्की पैतृक घर भएको बताएका छन्।

मालिकामै आफ्नो नाममा १५ रोपनी जग्गा र बाबु खड्गबहादुर जुग्जालीको नाममा ३५ रोपनी जग्गा रहेको देखाएका छन्।

मन्त्री जुग्जालीले आफूसँग ७ तोला सुन रहेको देखाएका छन्। जसमध्ये ०७० सालमा ४ लाख ५० हजार रुपैयाँमा ५ तोल सुन खरिद गरेको देखाएका छन्। उनले सुन किनेको स्रोत भने व्यवसाय देखाएका छन्।

०७३ सालमा २ तोला सुन जोडेको बताएका छन्। उक्त सुन पैत्रिकबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

गरिमा विकास बैंकमा व्यवसाय र तलबबाट ६ लाख ४० हजार र प्रभु बैँकमा ५० हजार व्यवसायबाट प्राप्त रकम जम्मा गरेको उल्लेख गरेका छन्।

हाइड्रो एम्पाएर प्रालिमा २५ लाखको सेयर ऋणमा खरिद गरेको उल्लेख गरेका छन्।

त्यस्तै परिचय नेपाल सहकारीमा व्यवसायबाट प्राप्त ४ लाख रुपैयाँ र मितेरी बचत तथा ऋण सहकारी संस्थामा १ लाख शेयर देखाएका छन्।

मन्त्री जुग्जालीले सम्पत्ति विवरणमार्फत आफू ६० लाख रुपैयाँ ऋणमा रहेको देखाएका छन्।

जसमध्ये गरिमा विकास बैंकमा ४० लाख रुपैयाँ छ। उक्त ऋण चुक्ता गर्न अहिले पनि आफूले किस्ता तिरिरहेको बताएका छन्।

त्यस्तै, विभिन्न व्यक्तिसँग २० लाख रुपैयाँ सापटी लिएको उल्लेख गरेका छन्। ऋण तिर्न बाँकी देखाएका उनले कुन कुन प्रयोजनका लागि ऋण लिएका हुन् त्यो खुलाएका छैनन्।

उनले सम्पत्ति विवरणमा १ सय ५० वटा सुन्तलाको बोट भएको बताएका छन्।

बाबु खड्ग जुग्जालीको नाममा रहेको उक्त सुन्तलाबारीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी भइरहेको बताएका छन्।

स्काभेटरमा साझेदारीमा लगानी गरेको बताएका छन्। ९५ लाख रुपैयाँ पर्ने उक्त स्काभेटरमा आफ्नो भागमा २० लाख रुपैयाँ पर्ने गरी लगानी गरेको उनले बताएका छन्।

अर्थमन्त्रीसँग बन्दुक
तनहुँ घर भएका गण्डकीका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले भीमाद नगरपालिका–६ मा पुर्ख्यौली घरजग्गा रहेको खुलाएका छन्।

अर्थमन्त्री आलेले आफ्नो र सगोलमा गरेर भीमाद वडा नम्बर ५ मा ३० वटा कित्तामा जग्गा रहेको उल्लेख गरेका छन्।

सम्पत्ति विवरणमा उनले ६ रोपनी १० आनामा फैलिएको निजी वन रहेको खुलाएका छन्।

पैतृक रूपमा २०५४ सालमा आफूले यो वन पाएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

कामना सहकारीमा ३ लाख र कृषि विकास बैंकमा ३३ सय शेयर रहेको अर्थमन्त्री आलेले बताएका छन्।

पैतृक सम्पतिकै रुपमा २१ तोला सुन र २७ तोला चाँदी रहेको अर्थमन्त्री आलेले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

आफ्नो नाममा निजी वन रहेको देखाएका अर्थमन्त्री आलेले ३४ लाख ७० हजार रुपैयाँ बैंकबाट ऋण लिएको देखाएका छन् तर प्रयोजन भने खुलाएका छैनन्।

आलेसँग एउटा मोटरसाइकल छ। अर्थमन्त्री आलेसँग ३३ हजार रुपैयाँमा खरिद गरेको लाइसेन्स प्राप्त एक नाले १२ बोर बन्दुक पनि रहेको उल्लेख गरेका छन्।

भैँसी पाल्छन् वनमन्त्री
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापासँग जिप, ट्याक्टर, र फार्मेसी पसल छ।

थापाको बागलुङ नगरपालिका ३ मा घरजग्गा छ। अंशबण्डा नभएको पैतृक सम्पतिका रुपमा बागलुङ– ११ मा ५ कित्तामा करिब ११ लाखमा व्यवसायबाट आएको रकमबाट खरिद गरेको थापाले उल्लेख गरेका छन्।

थापाले कास्कीमा ५० लाख र ६० लाख रुपैयाँमा २ कित्ता जग्गा खरिद गरेका छन्। थापासँग १७ तोला सुन, २ केजी चाँदी छ।

२ लाख २५ हजार नगद मौज्दात देखाएका थापाले विभिन्न कम्पनीमा व्यापार नोकरीबाट १४ लाख ६६ हजार रुपैयाँ सेयर रहेको खुलाएका छन्। थापाले ३७ लाख रुपैयाँ ऋण लिएको देखाएका छन्।

वनमन्त्री थापाले व्यापार व्यवसायबाट पिकअप गाडी ११ लाख ५० हजारर ४ लाख ५० हजार रुपैयाँमा रसियन बेलारुसी ट्याक्टर खरिद गरेको खुलाएका छन्।

थापाले १ लाख ६० हजार रुपैयाँ बराबरको २ भैंसी रहेको बताएका छन्।

गण्डकीका सबै मन्त्रीको सम्पसत्तिसम्बन्धी पूर्ण विवरण यहाँ क्लिक गरी हेर्न सकिन्छ।

प्रकाशित: २०८० असोज ६ गते शनिवार ०३:२४
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना