काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन्।
प्रतिस्पर्धी प्रशान्तविक्रम मल्ललाई पछि पार्दै पारस सचिवमा विजयी भएका हुन्।
कुल ८५ मतमध्ये पारसले ४८ मत ल्याए। प्रशान्तले ३७ मत मात्र पाए।
उनी यसअघि बाग्मती क्रिकेट संघकाे अध्यक्ष निर्वाचित भएका थिए।
पारस अध्यक्ष चतुरबहादुर चन्दकाे प्यानलबाट उठेका थिए।
मल्ल यसअघि पनि सचिव थिए। तर विवाद भएपछि राजीनामा दिएका थिए।
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।
शनिबार संघको अध्यक्ष पदका लागि निर्वाचन हुने तय भएपनि चन्द निर्विरोध भएका हुन्।
अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएका हुन्।
क्यानमा अध्यक्ष चन्दको यो दोस्रो कार्यकाल हो।
क्यानको कोषाध्यक्ष पदमा पनि पदम खड्काबाहेको उम्मदेवारी नपरेपछि उनी पनि निर्विरोध बने।
त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध भइन्।


