काठमाडौं– टाटा मोटर्सले आफ्ना उत्पादन बिक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएचमोटर्सले शुक्रबार देखि शो–रुम सञ्चालनमा ल्याएको हो ।
३ हजार ५०० वर्गफिट क्षेत्रफलमा फैलिएको एसएचमोटर्स भरतपुरको रिजालचोकमा अवस्थित रहेको छ । यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछ । सोही कार्यक्रममा नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभी नामक दुई नँया गाडीहरुको बिक्रिवितरण भरतपुरमा सुरु भएको छ ।
कार्यक्रममा सिप्रदीकोतर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्तजङ्ग सिजापति र एसएचमोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो ।
शो–रुमको उद्घाटन समारोह बीच बोल्दै, सावन्तजङ्गसिजापतिले भने, ‘टाटा मोटर्सका लागि महत्पूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ । ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ्ग र एसएचमोटर्सको नेतृत्वमा यस शोरुमको सञ्चालनले यस क्षेत्रमा बिक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयामआउने कुरामा हामी विश्वस्त छौं ।’

एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देश सेढाइले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै टाटाको नयाँ शो–रुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थानीय स्तरमै दिन पाउँदा आफू खुशी भएको बताए । समुच्च जिपट्रन प्रविधिले सुसज्जित टियागो इभी पाँच स्तम्भहरुमा उभिएको छ र ति हुन् कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आराम अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पजस्ता विशेषताहरु यसमा छन् । यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ ।
त्यसैगरी, टाटाको ‘न्यु फरेभर’ रेञ्ज अन्तर्गतको पन्चको चार आधारस्तम्भहरु हुन् मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा । पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ । यी दुई गाडीहरुले चितवनका ग्राहकहरुको मन र मष्तिस्कमा अमित छाप छोड्ने टाटा मोटर्सले विश्वास लिएको छ ।


