काठमाडौं । ललितपुरमा बडादशैं जुत्ता चप्पल व्यापार मेला हुने भएको छ । ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आउँदो २०८० असोज १० गते देखि कात्तिक ३ गतेसम्म ललितपुरको जावलाखेला मैदानमा मेला हुन लागेको हो ।
मेलाले स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको बीचमा परिचित गराउने, उपभोक्ताहरुको बीचमा पुर्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्य राखिएको छ ।
बडादशैं पर्वलक्षित मेला भएकोले नयाँ–नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलव्ध हुनेछन । हरेक दिन बिहान ९.०० वजे देखि वेलुकी ७.०० वजे सम्म मेला खुल्ला रहने आयोजकले जनाएको छ ।
मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहनेछ ।
मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुने आयोजकले जनाएको छ ।मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् भने नयाँ उत्पादनहरु लञ्च गरिनेछन् । मेला अवधि भर विषेश छुटको व्यवस्था गरिनेछ ।
जुत्ता चप्पल मेलामा उपभोक्तालाई न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । मेला अवधिभरमा निःशुल्क प्रवेशका साथै त्यस अवधिभर ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।


