काठमाडौं । नेपाल बैंकले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक कल सेन्टर सञ्चालमा ल्याएको छ । बैंकले एक कार्यक्रम गरी उक्त सेवाको सुरुवात गरेको हो ।
उक्त कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवाप्रदायक संस्था कलश सर्भिसेस प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत रुपेश भक्तश्रेष्ठले संयूक्त रुपमा रिबन काटी कल सेन्टरको उद्घाटन गरे ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बंैक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए ।
यसैगरी, कलश सर्भिसेस प्रालिका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्तश्रेष्ठले गौरवपुर्ण ईतिहास बोकेको नेपालको पहिलो बैंकमा ग्राहकहरुसँग जोडिएर काम गर्न पाएकोमा अत्यन्त खुशि व्यक्त गर्दै नेपाल बैंकको ग्राहक सेवाको उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
०१–५९७१२२२ नम्बर रहेको कल सेन्टरले नेपाल बैंक लिमिटेडका ग्राहकवर्गका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकले विश्वास लिएको छ ।
नेपालभर २२८ शाखाहरु, २०४ एटीएमका साथै ५७ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक डिजिटल बैंकिङ्ग प्रविधिमार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।


