२०८३ कार्तिक ११ गते मङ्गलबार

खेलाडी विदेशिएर हायलकायल नेपाललाई उपाधिले राहत

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १८
three nations cup champions
थ्री नेसन्स कपको उपाधि जितेपछि खुसीयाली मनाउँदै नेपाली टोली। तस्बिर : एन्फा

काठमाडौं- दशरथ रंगशालामा शुक्रबार साँझ ९ हजार दर्शकसामु नेपालले लाओसको सामना गर्दा एउटा जिम्मेवारी थियो- दुई वर्ष अघिजस्तै ‘थ्री नेसन्स कप’को उपाधि जित्ने। खेलाडी विदेशिएर हायलकायल नेपाली टोलीले दु:खले उपाधि जोगाएको छ।

‘थ्री नेसन्स कप’ ठूलो प्रतियोगिता होइन, न फिफाको मान्यताप्राप्त खेल नै हो, तर नेपाली टिमको कप्तान किरणकुमार लिम्बूले भनेजस्तै नेपालका लागि महत्त्वको प्रतियोगिता भने थियो।

नेपालका ४० भन्दा धेरै उत्कृष्ट खेलाडी विदेशिएपछि जित निकालेर राहत लिनुपर्ने थियो नेपाली टोलीलाई। ‘जब तपाईं जित्नु हुन्छ त्यो उत्कृष्ट अवस्था हुनेछ र जितले धेरै प्रश्नको उत्तर दिन्छ। हामी अझै हामी धेरै भन्दा धेरै उपाधि जित्न चहान्छौं। सबै प्रतियोगिता महत्वपूर्ण छ,’ नेपाली टिमका प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनेसले खेल सकिएपछि भनेका छन्।

प्रतियोगिता जितेर युवा र नयाँ खेलाडीले भरिएको नेपाली टिमलाई हौसला मिल्ने योजना सफल भएको छ। जितसँगै नेपाली खेलाडीले त्यो भावना व्यक्त गरे। उनीहरुले आफूलाई हौसला दिन आएका ठूलो संख्याका दर्शकलाई आभार व्यक्त गरे।

मिनेटबाटै रोचक बनेको खेलको १८औं मिनेटमै घरेलु टिमले गोल बेहोरेको थियो। त्यसको आठ मिनेटपछि आयुष घलानले गोल फर्काएसँगै पहिलो हाफको २४औं मिनेटमै खेल बराबरीमा आएको थियो। दोस्रो हाफमा विंगर मनिष डाँगीले निर्णायक गोल गरेपछि नेपालले लाओसविरुद्ध लगातार दोस्रो जित निकालेको हो।

‘होम क्राउडमा पहिलो गोल गर्न पाएकोमा खुसी छु। भविष्यमा धैरै गर्नु छ। अहिले धेरै खेलाडी विदेश गइरहेका छन्। अरुले के गर्‍यो भनेर हेर्नु भन्दा पनि आफ्नो भविष्य राम्रो हुने गरी खेल्न सक्नु पर्छ,’ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका आयुष घलानले भनेका छन्। यता प्रशिक्षकले आयुषसँगै मनिषको खेलको प्रशंसा गरेका छन्।

‘टिममा १९ का खेलाडी पनि रहे। केही २० वर्षका छन्। आज दुवै युवा खेलाडीले गोल गरे। विंगमा डाँगीको प्रदर्शनबारे बोल्ने मसँग भन्ने कुनै शब्द नै छैन्,’खेलपछि प्रशिक्षक एनेसले भने, ‘अब आउँदो दिनमा पनि राम्रो हुँदै जाला। एरिक, नवीन र मणिले पनि बीचमा राम्रो खेले।’

पहिलो हाफमा नेपाल र लाओसले पटकपटक अवसर सिर्जना गरिरहे। चौथो मिनेटमै लाओसका बोउपंखे बोउन्कोङले प्रहार गर्दा नेपाली गोलकिपर बक्सबाहिर आइसकेका थिए। तर उनको प्रहार सीधै पोस्टबाहिर हानियो। त्यही मिनेटमा आयुष घलानको क्रसमा मनिषले हेडरको प्रयास गरे पनि बल भेट्न सकेनन्।

खेलको १६औं मिनेटमा बोउन्कोङले गरेको प्रहार भने किरणले सजिलै नियन्त्रणमा लिए। १७औँ मिनेटमा बाउन्कोङले नै दिएको पासमा फोउत्ताभोन सान्गविलयले सानदार गोल गरेका थिए। उनको प्रहार मैदानबाट डिफ्लेक्ट भएर पोस्टभित्र छिरेको थियो।

खेलपछि लाओस मुख्य प्रशिक्षक माइकल वाइसले अग्रता बनाएर पनि हार्न पुगेपछि आफ्नो ड्रेसिङ रुमको अवस्था शान्त नभएको बताएका छन्। उनले भने, ‘लिड गरेपछि पनि हामीले हारेको हुनाले अहिले हाम्रो अवस्था ठीक छैन। तर हामीले १० हजारभन्दा धेरै दर्शक भएको ठाउँमा कसरी खेल्ने भनेर सिकिरहेका थियौँ।’ आफ्नो देशमा ३९ डिग्री तापक्रममा खेल्ने बानी रहेको कारण यहाँ चिसोका कारण केही गह्रो भएको बताए। यद्यपि यो कुरालाई लिएर टिमलाई क्षमा दिन नहुने पनि उनको तर्क रह्यो।

विजेतालाई ट्रफी प्रदान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिर : एन्फा

खेलको २३औँ मिनेटमा नेपालले फ्री किक पायो। नवीन लामाको फ्रि किकमा अनन्त तामाङले डिबक्स भित्रबाट प्रहार गरे पनि गोलकिपर जायसाभथले बचाएका थिए। तर २४औं मिनेटमा नेपालले गल्ती गरेन, एरिक विष्टको पासमा आयुषले गोलकिपरलाई बिट गर्दै सेकेन्ड बारतर्फ सुन्दर गोल गरे। घलानले नै २६औँ मिनेटमा नवीनको पासमा भने फितलो प्रहार गरे। त्यसपछि खेल फितलो बनेको थियो। खेल दुवै खेलाडीले बराबरीमा चित्त बुझाएझैँ देखिन्थ्यो। त्यसबीचमा दुवै टिमले आकर्षक मुभ बनाउन सकेनन्। पहिलो हाफको अन्तिम मिनेटमा बाउन्कोङको प्रहार भने गोलकिपर किरणले बचाएका थिए। यससँगै पहिलो हाफमा नेपालले बराबरी खेल्यो।

‘हामीले खेलमा राम्रो गरिरहेका छौँ। लामो बलमा पनि खेल्ने प्रयास गरिरहेका छौँ। हामीले लाओसका दुवै खेल अध्ययन गरेर खेलेका थियौँ र दोस्रो हाफमा डोमिनेट गरेका थियौँ। अनि विजयी ट्रफी र खेलका लागि खुसी छौँ। हामीले यो छोटो समयमा पनि धेरै गरेका छौँ,’ प्रशिक्षक एनेसले भने।

दोस्रो हाफको ६८औँ मिनेटमा अन्जन विष्ट मैदानमा प्रवेश गरेका थिए। उनी प्रवेश गरेसँगै नेपालको ट्याकिङ थप चुस्त बनेको थियो। अञ्जनले ७४औँ मिनेटमा डीबक्स बाहिरबाट निकै सानदार प्रहार गरे पनि लाओसका गोलकिपरले बचाएका थिए। गोलकिपरबाट रिबाउन्ड भएको उक्त बललाई आयुषले पुनः प्रहार गरेर गोल गरे पनि रेफ्रीले अफसाइड करार गरिदिए।

दोस्रो हाफमा विरलै अवसर बनाएको लाओसले पहिलो हाफजस्तो प्रभावशाली प्रदर्शन गरेन। ‘हामीले फाइनलमा हार व्यहार्‍यो। नेपाल जितको हकदार र उसको टिम प्राविधिक रूपमा राम्रो थियो। यहाँ आएर खेल्दा हाम्रो टिमलाई पनि राम्रो पाठ सिक्ने काम भएको छ,’ लाओसका प्रशिक्षकले भनेका छन्।

दोस्रो हाफमा लाओसले गरेको कमजोर प्रदर्शनको फाइदा उठाउँदै मैदानको दायाँ साइडबाट लाओसका डिफेन्डरलाई छलाउँदै मनिष डाँगीले गोल गरे। यससँगै खेलमा चार मिनेट मात्र बाँकी रहँदा नेपालले अग्रता बनाएको थियो।

 ‘हामीले पहिलो हाफमै गोल खान पुग्यौँ। पहिलो हाफमा पहिला स्कोर गर्ने भन्ने थियो त्यो सफल नभए पनि योजना अनुरूप नै रह्यो,’ खेलपछि आयुषले भने। खेलमा २–१ को अग्रता जोगाउँदै नेपालले जित निकालेको हो। यो जितसँगै नेपालले पाँच हजार डलर पुरस्कार जितेको छ। दुई वर्षअघिको ‘थ्री नेसन्स कप’को फाइनल खेलमा पनि नेपालले बंगलादेशलाई २–१ ले नै हराएको थियो। आजको खेलमा आयुष र मनिषले गोल गरे पनि उनीहरुको गोल अन्तराष्ट्रिय खेलमा गनिने छैनन्। यद्यपि आयुष प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने भने मनिष ‘प्लेयर अफ दी फाइनल’ बने।

आयुष खेलपछि भावुक बने। ‘खेलपछि इमोसनल भएको भन्दा देशको लागि राम्रो गर्ने सोच छ। आफूले आफ्नो भविष्य बनाउने हो। रोहित(चन्द), किरण दाईको मेहेनेत देखेर अझै राम्रो गर्ने योजना छ। गाह्रो त थियो नै। तर जित निस्कियो त्यतिमै खुसी छौँ,’ आयुषले अन्तिममा भने।

यता खेलको निर्धारित समयको अन्तिममा मैदानको उत्तरपूर्वी क्षेत्रमा बसेका समर्थकले लाओसका खेलाडीमाथि पानीका बोतल प्रहार गरे। त्यसपछि खेल एक मिनेटसम्म तनावग्रस्त बनेको थियो।

नेपालको खेललाई समर्थकले इन्जोय गरे
भिन्सेन्जो अल्बार्टो एनेस, मूख्य प्रशिक्षक, नेपाल
साढे २ महिनामा साफ छ। त्यसका लागि हामीले बेस्ट खेलाडी छनोट गर्नु उचित हुनेछ। त्यहाँ भारत निकै बलियो टिम छ। यो प्रतियोगिताको लागि हामीले ११ दिनमा हामीले चार अभ्यास गरेको हो। रेस्ट पनि गर्नुपर्ने थियो। पछिल्लो खेलमा गोल गरेकाले दीपकलाई सुरुआतमा बोलाएको हो। पूजन उपरकोटीको ठाउँमा मणि (लामा) पनि मिडलमा राख्नु परेको थियो। नेपालको खेललाई आज समर्थकले इन्जोय गरेका छन्। हामीले राम्रो गरेका छौं। दुवै गोल सिमिलर त थिए नै युवा खेलाडीले पनि गरेका थिए।

अब, चार पाँच दिन रिकभरीका लागि लाग्ने छ। यति खेल हेरेपछि लाग्छ, नेपालले समय लिएर राम्रो खेल्न सक्नेछ। गाह्रो के छ भने, ए डिभिजनमा विदेशी प्रशिक्षक छैनन्। उनीहरले राष्ट्रिय टिममा विदेशी प्रशिक्षक पाएका छन्। ए डिभिजनमा प्रशिक्षकको पावर कमजोर भएको छ। उनीहरुले आफ्नो काममा धेरै सुधार गर्नुपर्ने छ। अभ्यासमा फिजिकज धेरै भएको छ। त्यसमा पनि ट्याक्टिकल अभ्यास गर्यो भने, कर्नर, सेट पिस फ्रि प्ले क्वालिटी अभ्यास थप गर्नुपर्छ।

हाम्रो देशका खेलाडीलाई पनि विदेशमा खेल्ने अवसर बन्नु पर्छ। यस्तो भयो भने विदेशी जानु पर्ने छैन। साढे दुई महिना बाँकी छ। तर लिगमा २१ खेल खेल्न बाँकी छ। गाह्रो त छ नै। टाइट सेड्युल छ। लिगमा पनि पैसा, स्पोन्सर होला क्यालेन्डरको कुरा होला। यसले पनि असर गर्ला। त्यो सार्न मिल्दैन। ए डिभिजनको बजेट पनि कम नै छ। तर त्यसपछि पनि खेल भइरह्यो भने खेलाडीले बाँकी ठाउँमा काम खोज्नु नपर्ने अवस्था आउँछ।

मलाई खुसी लागेको छ कि अन्जनले भारतमा अवसर पाएका छन्। किरण र रोहित नेपालले पाएको बेस्ट खेलाडी रहेका छन्। मलाई आशा छ हाम्रा अन्य खेलाडी पनि व्यवसायिक खेल खेल्नको लागि विदेश जान पाउनेछन्।

१० दिनको नेपाल बसाइ राम्रो भयो
माइकल वाइस, मुख्य प्रशिक्षक, लाओस
मैले हिजो पनि भनेको हो। फेरि पनि आयोजनाको लागि लाओसको फुटबल संघको तर्फबाट एन्फालाई धन्यवाद भन्न चहान्छु। यहाँको १० दिनको बसाइमा राम्रो भयो। अब हाम्रो ओसिनियाको यू २२ को प्रतियोगिताअन्तर्गत हामी कम्बोडियामा प्रतियोगिता खेल्न गइरहेका छौँ।

हाम्रो सिनियर टिममा तीन चार जना बाहेक त्यही उमेरका खेलाडी छन्। हामी एक हप्तापछि साउदी जानेछौँ। त्यहाँ साढे दुई हप्ता अभ्यास गर्ने हो। हामीसँग अब १० राष्ट्रिय टिम खेल रहेको छ।

त्यसअघि यहाँ हामीलाई १२ देखि १३ डिग्रीमा खेल्दा गाह्रो नै भयो। हाम्रो देशमा ३९ डिग्री तापक्रम छ। चीसो भए पनि हामीले त्यसलाई ठूलो कुरा मानेका छैनौँ।

प्रकाशित: २०७९ चैत १८ गते शनिवार ११:१५
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना