काठमाडौं । इनड्राइभले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँगको साझेदारीमा काठमाडौंमा १५ औं काठमाडौं म्याराथन आयोजना गर्ने भएको छ । सामुदायिक कार्यक्रमहरूलाई समर्थन गर्ने र स्वस्थ तथा सक्रिय जीवनशैली प्रवर्द्धन गर्ने इनड्राइभको प्रतिबद्धता अनुसार नै फाउन्डेसनसँग सहकार्य गर्दै काठमाडौं म्याराथन घोषणा गरिएको हो।
१५ औँ काठमाडौं म्याराथन आगामी असोज २७ गते दशरथ रंगशालामा सुरु हुने जनाइएको छ। सहभागीहरूले फूल म्याराथन, हाफ म्याराथन, र सबै उमेरका लागि फन रनसहित विभिन्न श्रेणीहरूमा सहभागीता जनाउन सक्नेछन्।
म्याराथनका लागि समर्थनको अतिरिक्त, इनड्राइभले एथलीट र कोच दुवैको ट्रेनिङ्गका लागि समर्थन गरेर स्थानीय समुदायप्रति आफ्नो प्रतिबद्धता देखाएको छ। यो पहलले नेपालमा नवप्रतिभाको विकास र खेलकुदको इकोसिस्टमलाई बढावा दिन इनड्राइभको योगदान कायम राख्नेछ।
एनआरएस स्पोर्ट्स फाउण्डेशनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा एक प्रमुख स्पोर्ट्स इभेन्ट हो। यस वर्ष, इनड्राइभले यस प्रतिष्ठित कार्यक्रमको निरन्तर सफलता सुनिश्चित गर्न एनआरएस स्पोर्टस फाउन्डेसनसँग हातेमालो गरेको हो ।
राइड–हेलिङ (एपीएसी) इनड्राइभका निर्देशक रोमन एर्मोसिनले भने, ‘नेपालमा दौड संस्कृतिको विकास गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लामो दुरीका धावकहरूको सहयोग गर्ने उद्देश्यले गरिएको नयाँ पहललाई समर्थन गर्न दौड प्रतियोगिताका लागि एनआरएस स्पोर्टस फाउन्डेसनसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौं। तालिम कार्यक्रम काठमाडौं उपत्यकाका साथै थिमी, हेटौंडा, बुटवल र पोखरामा भविश्यमा अन्य सहरहरूमा विस्तार गर्ने योजनाका साथ सञ्चालन भइरहेको छ।
अक्टोबर १४ मा हुने काठमाडौं म्याराथनमा स्लटहरू उपलब्ध गराएर, यस अवसरमा युवा र अण्डरप्रिभिलेज रनर्सलाई अगाडि बढाउन इनड्राइभले ३०० भन्दा बढी खेलाडीहरूलाई सहयोग गरेको छ। यो पहल, इनड्राइभको सामुदायिक सशक्तिकरण प्रयासहरूको एक हिस्सा हो। यो कार्यक्रम स्वास्थ्य र स्वस्थतालाई सहयोग गर्ने हाम्रो कम्पनीको मूल्यहरूसँग पूर्णरूपमा मेल खान्छ। हामी एकता र सामुदायिक भावनालाई बढावा दिनमा विश्वास गर्छौं, र म्याराथन यसका लागि उत्कृष्ट प्लेटफर्म हो।


