काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बीच सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
असोज ९ गते एक कार्यक्रमकाबीच सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरे ।
सम्झौताअनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद जस्तै Groceries- 2% ,Liquor- 2% to 10 %, Frozen Foods- 3% to 5 %, Dairy & Fresh Products- 2 %, Personal Care -3 %, Household Items -5 % to 12% and Garments -20 % to 25 % छुट प्रदान गरिने भएको हो । यसबाट बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।


