कैलाश (चीन)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको बाटो हुँदै कैलाश पर्वत र मानसरोवर ताल जान सहज बनाइने बताएका छन्।
कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकन गरेपछि उनले नेपाली, भारतीय र अन्य देशका पर्यटकले समेत हुम्लाको बाटो मानसरोवर जान सहज बनाइने बताएका हुन्।
यसका लागि चीन सरकारले सहमति दिइसकेको उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोरदोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने दाबी गरे।

चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल मानसरोवर र कैलाश पर्वतको अवलोकन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस
चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर करिब २५० किलोमिटर टाढा रहको छ।
नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १६० किलोमिटरमा नेपाल-चीन सीमा पुगिन्छ।
सीमाबिन्दुबाट ७० किलोमिटर यात्रा गरे मानसरोवर पुग्न सकिन्छ।
सिमकोटबाट कैलाश मानसरोबर जान अहिले सडकको ट्रयाक मात्रै खोलिएको छ।
प्रधानमन्त्री प्रचण्डले सो सडकको गुणस्तर वृद्धि गर्ने काम छिट्टै अघि बढाइने बताए।
कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोवर ताल रहेको छ।
मानसरोवर ताल हिन्दूहरुका लागि पवित्र तीर्थस्थल हो। कैलाश पर्वतमा बस्ने महादेवले स्नान गर्न मानसरोरमा गर्ने हिन्दूहरूको धार्मिक विश्वास छ।

मानसरोवर (तिब्बत),११ असोज :
तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल मानसरोवर । तस्बिर : प्रदीपराज वन्त/रासस

मानसरोवर (तिब्बत),११ असोज
तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल कैलाश पर्वत। तस्बिर : प्रदीपराज वन्त/रासस

कैलाश पर्वत
मानसरोवर (तिब्बत),११ असोज :
तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल कैलाश पर्वत। तस्बिर : प्रदीपराज वन्त/रासस

मानसरोवर
मानसरोवर (तिब्बत),११ असोज :
तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल मानसरोवर । तस्बिर : प्रदीपराज वन्त/रासस


