२०८३ कार्तिक १४ गते शुक्रबार

एसियाली खेलकुद : पब्जीमा नेपाली टोली सेमीफाइनलमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १३
382638789_1004709504103732_3395268058501377514_n

हाङझाउ-  एसियाडको ई-स्पोर्ट एलिटको रुपमा रहेको पब्जी मोबाइलमा नेपाली खेलाडीले शुक्रबार सुखद् नतिजा निकालेका छन्।

एलिमिनेसन राउन्डको समूह ‘सी’ मा नेपाली टोली उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। जारी एसियाडमा अहिलेसम्म पब्जी मात्र अन्तिम चारमा पुग्ने पहिलो नेपाली टोली हो।

नेपालले सहभागिता जनाएको खेलमा हालसम्मको उपलिब्ध भनेको नेपालले क्वाटरफाइनलसम्मको यात्रा तय गर्नु हो। पब्लीले नेपाललाई पदकको आशा दिलाएको छ।

पब्जीको अन्तिम चारमा पुगेका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराईले आफ्नो समूहमा हङकङ, प्यालेस्टाइन र साउदी अरेबियासँग प्रतिस्पर्धा गरेका थिए। समूह ‘सी’ मा हङकङ शीर्ष स्थानमा रह्यो।

नेपालले प्यालेस्टाइन र साउदीलाई पछि पार्दै अर्को चरण स्थान पक्का गरेको हो। प्रतियोतिगामा वरीयताका आधारमा प्यालेस्टाइनले सिधै क्वाटरफाइनलमा स्थान बनाएको थियो। तर प्यालेस्टाइन अन्तिम आठ भन्दा अगाडि बढन सकेन।

नेपाली खेलाडीले आफ्नो समूहमा सवै चुनौती पार गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो। समूह ‘डी’ मा तेस्रो भएको प्यालेस्टाइन र चौथो स्थानमा रहेको साउदी अरब बाहिरिएका छन्।

अब नेपालले शनिबार सेमिफाइनल खेल्ने छ। सेमिफाइनलमा दोस्रो स्थान रक्षा गरे नेपाल फाइनलमा पुग्ने छ। फाइनलमा पुगे पनि नेपालको पदक निश्चित हुने छैन। स्वर्ण पदकको भिडन्तमा चार टोलीबीच प्रतिस्पर्धा हुने छ। जसमा शीर्ष तीन भित्र रहे मात्र पदक जित्ने छ। यस कारण नेपालले पदक सुरक्षित गर्न कम्तीमा तेस्रो स्थान प्राप्त गर्नुपर्ने हुन्छ।

प्रतियोगिताको शुक्रबार समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड अन्तिम चारमा पुगेका छन्। समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेईले अन्तिम चार स्थान पक्का गरे। समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन्।

नेपालको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगेका हुन्। अब चार समूहबाट आएका शीर्ष दुई–दुई गरी आठ टोलीलाई दुई समूहमा सेमिफाइनल खेलाइने छ। सेमिफाइनलका दुवै समूहमा चार–चार टोली हुनेछन्। समूहका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्।

सेमिफाइनलमा दुवै समूहको खेल शनिबार हुनेछ। यद्यपि समूह विभाजन भने भइसकेको छैन। सेमिफाइनलमा शीर्ष दुई स्थान हासिल गरे नेपाल फाइनल पुग्दै पदक नजिक पुग्ने छ।

नेपाली टोलीका कप्तान सुविन महर्जनले वरीयता पाएको राष्ट्रलाई हराउँदै अगाडि बढ्दा निकै खुसी लागेको बताए। उनले आफ्नो समूहका सवै सहभागी टोली बलियो भएको बताए। ‘हाम्रो टोलीमा सहभागी सवै राम्रा थिए, हामीले वरीयता प्राप्त प्यालेस्टाइनलाई पछि पार्न सफल भयौँ,’ उनले भने, ‘अर्को चरणमा निकै कठिन प्रतिद्वन्द्वी छन्।’

पौडी :
पौडीमा शुक्रबार नेपालका नासिर याहा हुसेन हिट चरणबाटै बाहिरिएका छन्। हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर अक्वाटिक एरेनामा पुरुष चार सय मिटर फ्रिस्टाइलको हिट–२ मा उनले निर्धारित दूरी चार मिनेट २२.०२ सेकेण्डमा पूरा गरे। उनी आफ्नो हिटमा चौथो भएका थिए। उनी २५ मध्ये २२औं स्थानमा रहे।

नासिरको इभेन्ट्ससँगै १९औं एसियाडमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ। पौडीमा नेपालबाट चार खेलाडीले आठ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए।

महिला बास्केटबल :
महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल समूह चरणको सबै खेलमा पराजित भएको छ।

जिओग्राफिक इन्फर्मेसन पार्क बास्केटबल कोर्टमा समूह ‘बी’ को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग २२–२ को फराकिलोअन्तरले पराजित भयो।

नेपालले प्रतियोगितामा सबैभन्दा कम स्कोर यही खेलमा गर्‍यो। नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले समान एक स्कोर गरे। यसअघि नै जापान र कजाखस्तानसँग पराजित भएको नेपाल लगातार तेस्रो हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल पहिलो खेलमा जापानसँग २२–४ तथा दोस्रो खेलमा कजाखस्तानसँग नेपाल १७–१० ले पराजित भएको थियो।

ब्याडमिन्टन :
ब्याडमिन्टनको पुरुष टिम इभेन्टबाट नेपाल पराजित भएको छ। प्रतियोगिताको शुक्रबार जिम्न्याजिम हलमा भएको क्वार्टफाइनल खेलमा नेपाल भारतसँग ३–० ले पराजित भयो। नेपालका प्रिन्स दाहाल भारतका लक्ष्य सेनसँग २१–५ र २१–८ ले पराजित भए।
अर्को खेलमा भारतका श्रीनाथ नमाल्वरले नेपालका सुनील जोशीलाई २१–४ र २१–१३ ले पछि पारे। अर्को खेलमा विष्णु कटवाल भारतका मिथुनबाट २१–२ र २१–७ ले हारे।

ह्यान्डबल :
ह्यान्डबलमा नेपाली महिला टोलीले हङकङसँग समूह ‘बी’ को खेलमा २७–१८ ले पराजित भयो। नेपालले हङकङलाई पहिलो हाफमा रोक्न सकेन। हङकङले पूर्ण रुपमा खेल नियन्त्रण राख्दा नेपालविरुद्ध १४–६ को प्रदर्शन गर्‍यो। दोस्रो हाफमा नेपाली महिला खेलाडीले गतिलो प्रदर्शन मात्र गरेन, हङकङलाई कडा चुनौति पनि दिएको थियो। दोश्रो हाफमा नेपालले १३–१२ को अग्रता लिएपनि जितका लागि पर्याप्त भए।

गल्फ :
गल्फमा पार ७२ को वेस्ट लेक इन्टरनेशनल गल्फ कोर्समा भएको पुरुष ब्यक्तिगत स्पर्धामा शुक्रबहादुर राई बाहेक अन्य खेलाडीले अघिल्लो चरणमा स्थान बनाएनन्।

दोस्रो दिन शुक्रबार तीन अन्डर ६९ खेलेका शुक्रको ३६ होलमा पाँच अन्डर एक सय ३९ स्कोर छ।

पहिलो दिन शुक्रले दुई अन्डर ७० को स्कोर कार्ड राखेका थिए। उनी समग्रमा २९औं स्थानमा रहँदै फाइनल चरणमा प्रवेश गरेका छन्।

नेपालले पदकको आशा गरेका सद्भाव आचार्य र सुवास तामाङको प्रदर्शन भने सोचेजस्तो भएन। समग्रमा इभनपार एक सय ४४ खेलेका सुवास र दुई ओभर एक सय ४६ खेलेका सद्भाव ब्यक्तिगत स्पर्धाबाट बाहिरिएका छन्। अर्का सहभागी युवराज भुजेल समग्रमा ११ ओभर एक सय ५५ खेल्दै बाहिरिए।

नेपाल एसियाड गल्फको पुरुष र महिला टिम स्पर्धाबाट पनि बाहिरिएको छ। महिलातर्फ टिम स्पर्धामा नेपालकी सुस्मा सिग्देल र कस्मिरा शाहले ३६ होलमा समग्रमा ६६ ओभर तीन सय ५४ स्कोर खेले।

दोस्रो दिन शुक्रबार कस्मिराले ११ ओभर ८३ र सुस्माले १६ ओभर ८८ खेलेके थिइन्। नेपाल महिला टिम स्पर्धामा १३औं भयो।

प्रकाशित: २०८० असोज १३ गते शनिवार ०८:०५
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना