काठमाडौँ- वैदेशिक शिक्षा परामर्शदाता संस्था द नेक्स्टको आयोजनामा स्करलसिप डे सम्पन्न भएको छ।
शनिबार नयाँबानेश्वरस्थित द नेक्स्टको कार्यालयमा स्कलरसिप डे सम्पन्न भएको द नेक्स्टका सीईओ शालिकराम भण्डारीले जानकारी दिए।
स्करलरसिप डेको मुख्य इभेन्टमा विभिन्न देशका ३५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीहरूलाई वैदेशिक अध्ययनका विषयमा जानकारी दिएका थिए।
इभेन्टमा सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरूले आफ्नो विश्वविद्यालयले दिने छात्रवृत्ति र त्यसका लागि अपनाइने प्रक्रियाका विषयमा जानकारी गराए।
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको इभेन्टमा आफूहरुले अपेक्षा गरेको भन्दा पनि उत्साहप्रद सहभागिता रहेको द नेक्स्टले जानकारी दिएको छ।
द नेक्स्टले अस्ट्रेलिया, अमेरिका, क्यानडा र युकेमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि लक्षित गरी इभेन्ट आयोजना गरेको हो।


