काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठक बहिस्कार गरेको छ।
रास्वपा सभापति रवि लामिछानेले बैठक बहिस्कार गरेको जानकारी गराएका हुन्।
दाहालले सात राजनीतिक दलको बैठक आइतबार बिहान ११ बजे बालुवाटारमा बोलाएका थिए।
‘चाडपर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोधस्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौं,’ लामिछानेले फेसबुकमार्फत् जानकारी दिएका छन्।
उनले थप कार्यक्रम बारे जानकारी गराइने बताए।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनबारे छलफल गर्न दाहालले बैठक बोलाएका थिए।


