२०८३ कार्तिक १३ गते बिहिबार

४ वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै वृज ग्लास उद्योग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १४
WhatsApp Image 2023-09-29 at 3.30.48 PM

काठमाडौं । विगत ४ वर्षदेखि नेपाली बजारमा विशिष्ट पहिचान बोकेको वृज सेफ्टी ग्लास उद्योगले उत्कृष्ट सेवा दिँदै आएको छ । केडिया अर्गनाइजेसन कम्पनी पछिल्लो पटक नेपालको सिसा प्रशोधन क्षेत्रमा उत्कृष्टताको पर्यायको रूपमा उदाउँदै आएको छ । सन् २०१९ मा स्थापित यस कम्पनी गुणस्तर, शिल्पकौशल र अनुपम ग्राहक अनुभवका लागि व्यापक प्रशंसा कमाउँदै द्रुत रूपमा अगाडि बढ्दै गइरहेको छ ।

वृज सेफ्टी ग्लास उद्योग आफ्ना उच्चस्तरीय उत्पादन र बेजोड सीपका साथ आज सिङ्गो क्षेत्रकै मानकको रूपमा उभिएको छ । विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमाजस्ता सिसा उपलब्ध गराउँदै यस कम्पनीले आवासीय, व्यावसायिक, संस्थागत तथा औद्योगिक परियोजनाहरूको संरचनागत तथा सजावट आवश्यकताहरू पूर्ति गर्दै आइरहेको छ ।

आफ्ना उत्पादनमार्फत सुन्दर र व्यवहारिक समाधान प्रदान गर्ने अटल प्रतिबद्धता लिएको वृज सेफ्टी ग्लास उद्योग नवप्रवर्तन र गुणस्तरको अग्रपङ्क्तिमा उभिएको छ । वृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको छ । नेपालमै सबैभन्दा ठूलो दैनिक १२,००० वर्ग फीट सिसा उत्पादन गर्ने क्षमता रहेको यो कारखाना कम्पनीको शिरोमणि नै हो भन्दा फरक हुँदैन ।

कम्पनीले त्रुटि र कमीको सम्भावना लगभग शून्य नै हुने गरि पूर्ण रूपमा कम्प्यूटराइज्ड र स्वचालित उत्पादन लाइनहरूसहितका अत्याधुनिक प्रविधि प्रयोगमा ल्याएको छ, जसलाई नेपाली औद्योगिक परिदृश्यमा एक महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । कम्पनीका सबै उपकरणहरू यूरो मापदण्ड अनुसारका छन् र सीई प्रमाणित पनि छन् । यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा ढुक्क हुन सकिन्छ ।

हालै वृज सेफ्टी ग्लासले आफ्नो पहिलेदेखि नै प्रख्यात र प्रभावशाली उद्योगमा ल्यामिनेशन प्लान्ट थपेको छ, जसले गर्दा यो अन्य कम्पनीभन्दा बढी र उच्च गुणस्तरको सेवा प्रदान गर्न र बजारको बढ्दो मागपूर्ति गर्न झन् सक्षम बनेको छ ।

प्रकाशित: २०८० असोज १४ गते आईतबार ११:५८
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना