काठमाडौं- सुन तस्करीबारे आइतबार नै जाँचबुझ आयोग गठन हुने भएको छ।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच आज बालुवाटारको बैठकमा आयोग गठन गर्ने सहमति भएको हो।
मन्त्रिपरिषदको आज बस्ने बैठकले पूर्वन्यायाधीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्ने छ।
जाँचबुझ आयोगको कार्यावधि तीन महिना हुने छ।
‘बालुवाटारमा बसेको तीन दलको बैठकमा सहमति भएको हो,’ एक नेताले भने, ‘उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन हुने भएको छ।’
यो आयोगले इलेक्ट्रोनिक्स सिगरेट (भेप)मा लुकाएर ल्याइएको ९ किलो, साउन २ गते बरामद भएको ६० किलोलगायत अन्य सुन तस्करीका प्रकरण अनुसन्धान गरी संलग्नहरूलाई कारबाहीको सिफारि गर्ने छ।
यस्तो तस्करीजन्य कार्यको नियन्त्रणका लागि मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधारलगायत विषयमा पनि आयोगले काम गर्ने छ।

