काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
बालुवाटारमा तीन राजनीतिक दलबीच सुन तस्करीबारे जाँचबुझ आयोग गठनमा सहमति भएसँगै दाहालले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्।
बैठक मध्यान्ह साढे १२ बजे बस्ने बालुवाटार स्रोतले बतायो।
आइतबार बिहान बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच भएको बैठकमा सुन तस्करी अनुसन्धनमा आयोगको कार्यादेशबारे सहमति जुटेको थियो।
पूर्वन्यायाधीशको नेतृत्वमा आजै आयोग गठन गर्ने प्रधानमन्त्रीको तयारी छ।


