काठमाडौँ- काठमाडौँ मेडिकल कलेज (केएमसी)मा डाक्टरमाथि हमला भएको छ।
चिकित्सकहरुमाथि हमला बढ्न थालेपछि हिजो शनिबार मात्र सरकार र चिकित्सकबीच भएको सहमति खबर पुरानो नहुँदै आज फेरि अर्का चिकित्सकमाथि हमला भएको हो।
डायलाईसिस गर्न आएका बिरामी कुरुवाले डायलाईसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेको केएमसीका चिकित्सकको भनाइ छ।
चिकित्सकमाथि हातपात भएपछि केएमसीका चिकित्सकहरुले हडतालमा उत्रिएका छन्।
तस्बिरहरू


















