काठमाडौं–एनसेल आजियाटा लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबार (असोज १२ गते) काठमाडौको लैनचौर ग्राउण्डमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
यस शिविरमा ४०० भन्दा बढी मानिसहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएक थिए । नर्भिक अस्पतालसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले विषेशज्ञ डाक्टरहरुबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँचलगायनका परामर्श र ईसीजी र मधुमेह जाँच सेवा पाएका थिए ।
स्वास्थ्य शिविरहरुले मानिसहरुमा प्रिभेन्टिभ हेल्थ केयर प्रोत्साहन गर्न मद्दत गर्ने हुनाले स्वास्थ्य शिविरहरु समयमै रोग पहिचानको लागि एकदमै राम्रो माध्यम मानिन्छ ।
एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप यो स्वास्थ्य शिविरको आयोजना गरेको हो । एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रही नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवाप्रदान गर्न प्रतिबद्ध रहेको छ ।
यस स्वाथ्य शिविरमा आएका सबैले थप जाँचहरु गर्नुपरेमा नर्भिक अस्पतालले २० प्रतिशत छुटको पनि व्यवस्था मिलाइएको छ । स्वास्थ्य शिविरमा बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म सञ्चालन भएको थियो र तत्काल औषधी आवश्यक भएकाहरुलाई निःशुल्क औषधि पनि दिईएको थियो ।


