काठमाडौँ- मङ्गलवार हुने भारतविरुद्ध नेपालको क्रिकेट प्रतियोगितामा डिसहोमले २४ घण्टे अफर सार्वजनिक गरेको छ।
कम्पनीले १२ महिनाको रिचार्ज गर्ने ग्राहकलाई थप १२ महिना बराबरको सेवा निःशुल्क दिने गरी अफर ल्याएको हो।
एसियन गेम्स अन्तर्गतको क्रिकेट प्रतियोगितामा मंगलबार नेपाल र भारतबीचको खेल हुँदैछ।
चीनको ह्वाङ्जाउमा क्वाटर फाइनलमा नेपाली टिमले भारतको सामना गर्दैछ।
सोही अवसरमा कम्पनीले ‘सपोर्ट आवर नेप्लिज टिम’ अफर सार्वजनिक गरेको हो।
‘यदि तपाईं नेपाली नायकहरू प्रति समर्थन जनाउनु हुन्छ भने, हामी तपाईंको सब्सक्रिप्सनको मूल्यमा दोब्बर सेवा दिंदै छौं,’ कम्पनीले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेको छ।


