काठमाडौं– सामसङ नेपालले आउँदै गरेको दसैं, तिहार र छठपर्वलाइ लक्षित गरी नयाँ अफर सार्वजनिक गरेकाे छ । ‘रमाइलो दशैं तिहार, मायाले भरौ घर परिवार’ शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको हाे । ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू घर ल्याई यो अफरबाट यस चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
यो अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरेको छ, जसमा उत्तिकै आकर्षक क्यासब्याक अफरका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध छन्।
सामसङ १७ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको छ र ग्राहकहरूले क्रिस्टल युएचडी टिभीको अरबौ रङ्गहरू, क्युएलईडी टिभीको नवीनता, फ्रेम टिभीको आकर्षण र सामसङको सबभन्दा नयाँ सि–सिरिज लाइन–अपहरु उत्तिकै आकर्षक अफरका साथ आफ्नो घरमा ल्याउन सकिनेछ । ग्राहकहरुले कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउने छन् ।
होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि ४००, बि ४५०, ए ४५०, ति ४२० र एमएक्स–ति ५० लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्ने छन्।
ग्राहकहरूले दशैं–तिहारको मौकामा सामसङको नवीनत मटिभी नियो क्युएलईडी टिभी खरिद गर्दा रु.४१,६९० को बि४५० साउण्डबार सित्तैमा पाउने छन्।
विश्वमा ग्लोबल नम्बर १ रेफ्रिजरेटर ब्रान्डको स्थान प्राप्त गरेको सामसङले जनाएको छ । मौसमले आवश्यकता होस् या कुनै पनि खानको आवश्यकतामा डबल डोर वा सिंगल डोर ‘५–इन–१’ कन्भर्टेबल फ्रिजले दैनिक अझ सहज बनाउने कम्पनीले विश्वास लिएको छ । यी सबै फ्रिज ग्राहकहरूले आकर्षक क्यासव्यक अफरका साथ पाउन सकिनेछ ।
एआइ इकोबबल घर ल्याई यसको इन्टेलिजेन्ट वास र पावरफुल क्लीनको कमाल आफ्नै आँखाले हेर्न सकिनेछ । इकोबबलको फ्रन्ट–लोड र टप–लोडका वाशिङ मेसिनहरूमा रहेको आकर्षक क्यासव्यक अफरको साथमा रहेको छ । यसको साथै कम्पनीले फ्रिजको डीआइटिकम्प्रेसर र वाशिङ मेसिनको डीआइटिमोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको छ।
सामसङले आफ्नो यो अफर सबै ग्राहकको लागि सरल बनाउनको लागि झन्झटरहित शुन्य प्रतिशत ब्याज भएको ईएमआइ तथा फ्री इन्सटलेसन जस्ता सुविधा पनि प्रदान गरेको छ । अर्को स्टोरसँगकोे सहकार्य मार्फत ग्राहकहरूले सामसङ प्लाजा गई कुनै पनि उत्पादनहरूमा अपग्रेड गर्दा बेस्ट भ्यालुयसन् अन एक्सचेन्ज सेवा को पनि फाइदा उठाउन सक्ने छन्। यो अफर २०८० मङ्सिर ४ सम्म रहेको छ । अफरअन्र्तगत नेपालमा सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापार यी सामानहरु उपलब्ध गराएको हो ।


