काठमाडौँ- एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटअन्तर्गतको क्वाटरफाइनल खेलमा नेपालले भारतको चौथो विकेट लिएको छ।
नेपालका अविनाश बोहराले १६.२ ओभरको बलमा भारतका यशस्वी जैसवालको विकेट लिएका हुन्।
जैसवालले ४९ बलमा सय रन बनाए। उनले ८ चौका र ७ छक्का प्रहार गरेका थिए।
यसअघि नेपालका सन्दीप लामिछानेले जितेश शर्मालाई आउट गराएर टिमका लागि तेस्रो विकेट लिएका हुन्।
५ बल सामना गरेका जितेश ४ रन बनाएर पेभेलियन फर्किए।
यसअघि नेपाली खेलाडी दीपेन्द्र सिंह एरीले भारतीय ब्याटर ऋतुराज गायकवाडलाई आउट गराएका थिए। उनी २३ बलमा २५ रन बनाएर आउट भएका हुन्।
सोमपाल कामीले तिलक वर्मालाई आउट गराए। उनले १० बलमा २ रन बनाए।
मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ।
यसअघि नेपालले भारतसँग टी-२० खेलेको थिएन।


