काठमाडौं– व्यसायिक सवारीको क्षेत्रमा प्रतिष्ठित आइशरले नेपाली हरुको महान चाड दशैं र तिहारको अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ उपहार योजना ल्याएको छ । जसमा आइशर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने रमाइलो योजनाको सुखद घोषणा गरेको हो ।
आफ्ना ग्राहकहरुसँग खुशी साटासाट गरि चाडपर्वको उत्सव मनाउन BATAS MAW COMMERCIAL VEHICLE (बी.एम.सी.वी.) ले दशैं तिहार स्कीमको घोषणा गरेको हो । यस योजना अन्तर्गत आइशर बस, ट्रक तथा ट्रिपरको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउने अवसर प्रदान गर्ने भएको हो । यो योजनाको अन्त्यमा बम्पर उपहारअन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्नेछन् ।
उल्लेखित उपहारहरुबाहेक चालकलाई पाँच लाख र पच्चीस लाखको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइशरले प्रदान गर्नेछ ।
७० भन्दा बढी देशहरूमा फैलिएको आइशर, भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ बिभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ । साथै हालसालै भएको बतास र एमएडब्लूको एकताले व्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइण्टस्को साथ देशै भर व्यवसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ ।


