काठमाडौं– साताको चौथो दिन बुधबार सेयर बजार नेप्से ९.२४ अंकले बढेको छ । बुधबार १९५८.८७ बिन्दुबाट कारोबार सुरु भएको नेप्से १९६५.५८ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
यसदिन बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ। सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै समता घरेलु लघुवित्त कम्पनीको शेयर साढे छ प्रतिशतले ओरालो लागेको छ। आज ४३ लाख २३ हजार कित्ता शेयर बराबर एक अर्ब १८ करोड ९९ लाख रुपैयाँको कारोबार भएको हो ।
