२०८३ कार्तिक ११ गते मङ्गलबार

अमेरिकाको रेन्टन सिटीमा राजनीतिको रेखा कोर्दैछन् योञ्जन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १७
Capture

वासिङटन– अमेरिकाको वासिङटन राज्यस्थित रेन्टनमा बसोबास गर्दै आइरहेका नेपाली मुलका व्यवसायी सञ्जिव योञ्जन यतिबेला राजनीतिक अभियानमा छन्। रेन्टन सिटी काउन्सिल सदस्यका लागि उनको दौडधुप देखेर उनका समर्थकहरु दङ्ग छन्। ‘पोजिसन नम्बर ४’ का लागि उम्मेदवार बनेका योञ्जन चुनावका लागि जति मिहिनेत गरिरहेका छन् त्यति नै आफ्ना योजना र एजेण्डाबारे स्पष्ट छन्।

सात सदस्यीय जनप्रतिनिधि रहने रेन्टन सिटी काउन्सिलमा मेयरसँगै अन्य चारवटा काउन्सिल सदस्यका लागि नोभेम्बरमा निर्वाचन हुँदैछ।

रेन्टनका वर्तमान मेयर अर्मान्डो पाभोनलाई किम मोन्रोय वासले चुनौती दिदैंछन्। त्यसैगरी, रेन्टन सिटी काउन्सिल पोजिसन नम्बर ३ मा भेलिरी ओ हालोरानसँग एरिका जे कोन्वे भिड्दैछन्। पोजिसन नम्बर ४ मा बहालवाला राय म्याकइर्भिनलाई नेपाली मुलका योञ्जनले कडा चुनौती दिन लागेका हुन्। पोजिसन नम्बर ५ र ७ मा पनि निर्वाचन हुँदैछ। निर्वाचित प्रतिनिधिहरुको कार्यकाल चार वर्षको हुनेछ।

नेपाल क्लिक्सले एक दिनअघि मात्र उम्मेदवार योञ्जनलाई उनको राजनीतिक रुची र योजनाबारे प्रश्न राखेको थियो। वासिङटनसस्थित विविधतायुक्त रेन्टन शहरमा रहेका फरक समुदाय र पृष्ठभूमीका जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनु तथा आर्थिक सुधार गर्नु नै आफ्नो मुख्य एजेन्डा रहेको योञ्जनले बताए। भने, ‘खासगरी मेरा दुईटा एजेण्डा छन्। एउटा अवसर सृजना र अर्को अपराध नियन्त्रण।’

उनले आफ्ना एजेण्डमा सुरक्षित र स्वस्थ्य समुदाय, अवसर र सर्वसुलभतालाई पनि समेटेका छन्। जनताको सुरक्षा, सर्वसुलभ हाउजिङ, ठूला कम्पनीहरुलाई आकर्षित गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र लघु उद्यमहरुलाई बलियो बनाउने, शहरको बजेटलाई सन्तुलित राख्ने, साउन्ड ट्रान्सिटसहितको उच्च गुणस्तरीय प्रणाली अभिवृद्धि गर्ने, ट्राफिक सुधार गर्नेलगायतका योजनाहरु पनि उनले अघि सारेका छन्।

‘महामारीको दुष्प्रभावपछि हामीलाई बलियो नेतृत्वको खाँचो छ। जसले आर्थिक सुधार सुनिश्चित गर्न सकोस्। नागरिकको सेवक, लघु उद्यमी तथा समुदायको अगुवाका रुपमा मैले हेर्दा हामीले सामना गरिरहेका सवालहरुको सुधारका लागि हामीलाई सामुदायको संलग्नतासहितको नयाँ दृष्टीकोण चाहिएको छ,’ उनले भने, ‘म आफ्नो अनुभव तथा व्यापारको सिकाईलाई स्थानीयको अवस्था सुधार्नका लागि उपयोग गर्न चाहन्छु। सर्वसाधारणको सुरक्षाका सवालमा राज्यको कानुन कार्यान्वयन गर्ने निकाय र हाम्रा स्थानीयबीच मित्रतापूर्ण सम्बन्ध विकास गर्न सहयोग गर्नेछु। अपराध घटाउन र दिर्घकालिन सुरक्षा व्यवस्था हासिल गर्ने सम्बन्धमा केन्द्रीत हुनेछु।’

रेन्टल पृथक र सुन्दर शहर हो। र, यहाँ सबैले मानिसको दैनिक जीवन प्रभावित गर्ने समस्याहरुको समाधानमा मिलेर काम गर्नुपर्ने राय उनको छ। ‘बदलिदों विविधताले बिस्तृत र व्यवहारिक योजनाको माग गर्छ,’ उनी भन्छन्, ‘आपराधिक गतिविधि बढ्दैछ । दिर्घकालीन समाधानका लागि हामीलाई बलियो र क्षमतावान् नेतृत्व चाहिएको छ।’ सञ्जीव योञ्जन कुनै बेला युद्धका दौरान ईराकमा अमेरिकी सेनासँग थिए। इराकमा हुँदा र खतरनाक आतंकी एम्बुसबाट बाँच्दा उनले सबैको जीवनको महत्व बुझे। त्यसैले पनि उनी भन्छन्, ‘सुरक्षा मेरो पहिलो प्राथमिकता हो।’

रेन्टन फायर अथोरिटी (आरएफए) सिभिल सर्भिस कमिस्नर, समाजसेवी तथा लघु उद्यमीका रुपमा योञ्जन स्थानीयमाझ परिचित छन्। आरएफए सिभिल सर्भिस कमिस्नरका रुपमा उनले त्यहाँको रोजगारी तथा कामदारको अवस्था नियाल्ने, कामदार नियुक्तीको प्रक्रिया अनुगमन गर्ने, आरएफएका कर्मचारी र समुदायलाई सुरक्षित बनाउनेगरी यसको कार्य सञ्चालन गर्ने , सार्वजनिक सेवाको महत्व प्रवद्र्धन गर्नेलगायत जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

‘म सिटी काउन्सिलमा पनि यही काम गर्नेछु,’ योञ्जनले भने, ‘अपराध घटाउँदै सुरक्षाको प्रत्याभूति दिलाउनका लागि राज्यका निकाय, फस्र्ट रेस्पोन्डर्स, सेवा प्रदायक र सामुदायका अगुवाहरुसँग संयोजन गर्नेछु।’ शैक्षिक क्षेत्रमा सक्रिय योञ्जन रेन्टनका विद्यालयहरुमा पूर्वाधार निर्माणका लागि लगानी जुटाउने काममा समेत सक्रिय छन्। अहिले एक रेस्टुरेन्ट सञ्चालन गरिरहेका उनी महामारीपछि रिकभर हुनका लागि संघर्ष चलिरहेको बताउँछन्।

नेपालमा जन्मिएका सञ्जिवले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कलेजबाट शिक्षा संकायमा स्नातकसम्म अध्ययन गरेका छन्। रेन्टन र बेल्लभेुमा नेपाली समुदाय तथा अन्य आप्रवासीहरुलाई उनले प्रशासनिक अफ्टेराहरुमा सघाउने गरेका छन्। आप्रवासीका परिवारमाथि हुने विभेद तथा ठगीका घटनामा पीडितका पक्षमा उभिएर प्रहरीसँग सञ्चार गर्ने तथा आवश्यक पर्दा उजूरी हाल्ने काममा पनि उनी सक्रिय छन्। सञ्जिवकी श्रीमती र ८ वर्षे छोरा पनि रेन्टनमै बस्छन्।

नेपालमा हुँदा उनी शिक्षण पेशासँगै राजनीति र समाजसेवामा सक्रिय थिए। सन् २००४ ताका धनकुटा नगर परिषद् सदस्य थिए। नेपालमा सशस्त्र युद्ध उत्कृर्षमा पुग्दै जाँदा आउन थालेको धाक–धम्कीका कारण विदेशिन बाध्य भएको उनको दाबी छ। भन्छन्, ‘ त्यतिबेला युवाहरुसँग त्रासद विकल्प थियो। माओवादीमा लाग्ने वा प्रस्ताव अस्विकार गरेर मारिने। मेरो मान्यता हरेक मानिसले हिंसामुक्त भएर बाँच्न र पूर्ण अवसरसहित राम्रो जीवनको खोजी गर्न पाउनुपर्छ भन्ने हो।’

उनलाई ईराकमा सिभिल कन्ट्रयाक्टरका रुपमा अमेरिकी सेनालाई सहयोग गर्ने काम मिल्यो। तर त्यतिबेला ईराक जान नेपालले आफ्ना नागरिकलाई प्रतिवन्ध लगाएको थियो। त्यसैले मेनपावर एजेन्सीले पहिले जोर्डन पुग्ने र त्यहाँबाट ईराक जानेगरी सञ्जिवसहितका २ सय युवाहरुका लागि रुट तय ग¥यो। उनीहरुलाई जोर्डन पु¥याइएपछि ५० जनाका दरले ४ वटा समूहमा विभाजन गरियो। त्यसपछि विभिन्न भ्यानमा हालेर पठाइयो। दुग्भार्यवस्, ईराकको अमेरिकी सैन्य क्याम्पतर्फ गइरहेको एउटा भ्यानलाई आतंककारीहरुले बाटोमै रोके। उक्त भ्यानमा सवार सबै १२ नेपालीहरुको हत्या भयो। केही समयअघि मात्रै छुट्टिएका साथीहरुको मृत्युले सञ्जिवलाई भावुक त बनायो नै बाँच्ने आशा पनि मर्‍यो। केही समय उनलाई निकै सकस भएको थियो। तर, झन्डै एक वर्षपछि ट्राभल एजेन्सीले सुरक्षित रुपमा ईराक जाने व्यवस्था गर्‍यो।
यसपछि उनले अल असद बी वान युएस मिलिटरी क्याम्पमा लाउन्ड्री डिपार्टमेन्टमा सुपरभाइजरका रुपमा काम गरे। उनले भाषा अनुवादकको भूमिका पनि निर्वाह गर्थे। अहिले रेन्टोन सिटीवासीका रुपमा उनले व्यवसायसँगै स्वयम् सेवालाई निन्तरता दिइरहेका छन्। आफु निर्वाचित भएमा सर्वसाधारणको दैनिक जीवनमा प्रभाव पार्ने मुद्दाहरुमा केन्द्रित हुने उनी बताउँछन्। भन्छन्, ‘जीवनका कतिपय परिघटनाहरुले पाठ पढाउँछन्। राजनीतिक रुची मेरा लागि सेवा भावबाट उदय भएको रुची हो।’

सिटी काउन्सिलमा उम्मेदावरी घोषणा गरेपछि योञ्जनले आफ्ना मुद्दाहरुबारे ग्रासरुटमै गएर जानकारी दिनेगरी अभियान चलाएका छन्। योञ्जनको चुनावी अभियानलाई विभिन्न संघसंस्था तथा स्थानीयले प्रवद्र्धन गरिरहेका छन्। एरोस्पेस मेशिनिस्ट लज ७५१, एसईआईयू हेल्थकेयर ११९९ एनडब्ल्यु, डब्ल्युए स्टेट कार्पेन्टर्स यूनियन, पूर्व काउन्सिल मेम्बरहरु मर्सी पाल्मर र कारोल एन विट्स्ची, रेन्टोन चेम्बर सिईओ डायन डब्सनलगायतले उनको अभियानको प्रवद्र्धन गरिरहेका छन्। त्यस्तै, साउथइस्ट माउन्टेन स्टेटस् रिजनल काउन्सिल अफ कार्पेन्टर्स, युनाइटेड ब्रदरहुड अफ कार्पेन्टस् एन्ड जोइनर्स अफ अमेरिका, केन्ट सिटी काउन्सिलकी काउन्सिल मेम्बर सतविन्दर कौर, रेन्टन रिजनल फायर अथोरिटीका सिभिल सर्भिस कमिस्नर रे बेरीयल र जिम माथियुलगायतले पनि उनको चुनावी अभियानलाई साथ समर्थनसहित सघाइरहेका छन्।

नेपाली समुदायसँगै विभिन्न समुदायका रेन्टनवासी पनि उनलाई जिताउने अभियानमा लागेका छन्। रेन्टनमा विश्वभरका मानिसहरुको बसोबास छ, जसले अंग्रेजीलाई दोस्रो भाषाका रुपमा लिन्छन्। ‘म उनीहरु सबैको प्रतिनिधित्व गर्दै अब्बल अंग्रेजी बोल्न नसक्ने मानिसले पनि समुदायलाई राम्रो बनाउन सहयोग गर्नसक्छ भन्ने उदाहरण बन्न चाहन्छु’ योञ्जन भन्छन्, ‘मेरो अभियानमा म स्पष्ट छु। प्रतिवद्ध पनि छु। त्यसैले पनि जित्नेमा म विश्वस्त छु। ’

प्रकाशित: २०८० असोज १७ गते बुधबार ०९:२५
प्रतिक्रिया

थप समाचार

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली श्रमिक पठाउने व्यवस्था...

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौँ: अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ। नयाँ व्यवस्थामा...

मलेसियाको रोजगारीमा २५ म्यानपावरलाई मात्र अनुमति दिने व्यवस्था स्वीकार्य छैनः पूर्वअध्यक्ष वाग्ले

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स...

घले दम्पतिले दिने भए भोटेकोशीका बाढीपीडित बालबालिकाका लागि ५७ करोड ८५ लाख

सिड्नी। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्म खर्च गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय बाल अधिकार...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना