सिक्किम- सिक्किममा आएको बाढीमा १४ को ज्यान गएको छ भने १२० जना भन्दा बढी बेपत्ता भएका छन्।
सरकारी अधिकारीहरूले अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। हिन्दूस्तान टाइम्सले १२० जना बेपत्ता भएको समाचार प्रकाशन गरेको छ। बेपत्तामध्ये २३ भारतीय सेनाका सैनिक छन्।
बुधबार बिहान परेको भारी वर्षापछि भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासि बाढी आएको थियो।
लगातारको वर्षाका कारण उद्धार कार्यमा समस्या भइरहेको छ।
बाढी र हिलोका कारण आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रशासनले जनाएको छ।
