२०८३ साउन १३ गते बुधबार

उपनिर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसका दुई रणनीतिक ‘मुभ’

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १९
congress meeting
धुम्बाराहीमा कांग्रेस नेताहरूको छलफल। फाइल तस्बिर

काठमाडौँ– आइतबार बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, चितवनका पूर्वसभापति विकास कोइरालालगायतका नेता–कार्यकर्तामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गर्‍यो। वैशाख १० गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

वैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ। कांग्रेसले कारबाही फुकुवा गरेका जोशी तनहुँ र कोइराला चितवनका हुन्। चितवन–२ मा कांग्रेसले पूर्वसभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने तनहुँमा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई अघि सारेको छ। बारा–२ मा कांग्रेसले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ।

उपनिर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसले दुई वटा रणनीतिक निर्णय गरेको छ। पहिलो–नेता कार्यकर्ता माथिको कारबाही फुकुवासँगै पुरानै सदस्यता निरन्तरता दिने निर्णय। कारबाहीमा परेका नेता–कायकर्ता उपनिर्वाचनमा सक्रिय बनुन् भन्ने कांग्रेसले चाहेको देखिन्छ। ‘उपनिर्वाचनमा कारबाही फुकुवा गर्दा उनीहरु चुनावी अभियानमा सक्रिय हुनेछन्। त्यसले निर्वाचन जित्न सहयोग गर्नेछ,’ केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइली भन्छन्, ‘उपनिर्वाचन सांकेतिक होला, तर हाम्रा लागि सामान्य होइन। कांग्रेस पार्टीका लागि जीवनमरणको लडाइँ पनि हो यो। त्यसकारण पार्टीका सबै पंक्तिलाई गोलबन्द गर्ने कुरा राम्रो हो।’

कांग्रेसले लिएको दोस्रो रणनीतिक निर्णय हो– उपनिर्वाचनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाउने। कांग्रेसले तनहुँ–१ मा थापालाई खटाएको छ। भोलि (सोमबार) हुने मनोनयनमा थापा सहभागी हुनेछन्। उनले मनोनयनपछि हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम समेत छ।

कारबाहीमा परेका नेता–कायकर्ता उपनिर्वाचनमा सक्रिय बनुन् भन्ने कांग्रेसले चाहेको देखिन्छ।

तनहुँ–१ मा थापालाई खटाउने निर्णय अझ रणनीतिक देखिन्छ। थापा निकट मानिएका डा स्वर्णिम वाग्लले चैत १६ गते कांग्रेस परित्याग गरेर तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका छन्। वाग्ले चुनाव लडेको क्षेत्रमा महामन्त्रीको थापाको उपस्थितिले पार्टीका मतदातामा पर्न सक्ने दुविधाको अन्त्य गर्न सहयोग पुग्ने बुझाइ कांग्रेस नेताहरुको छ।

यस्तै चितवन–२ मा जितनारायण श्रेष्ठको मनोयनमा महामन्त्री शर्मा सहभागी हुनेछन्। उनले पनि मनोनयनपछि हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। कांग्रेसले ‘फेस भ्याल्यु’ भएका महामन्त्रीद्वयलाई उपनिर्वाचनमा खटाएर कार्यकर्ता र मतदाताको मनोबल उकास्ने रणनीति लिएको देखिन्छ। केन्द्रीय सदस्य रसाइली पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा महामन्त्रीद्वयको राजनीतिक भविष्यमा समेत चुनौती देखापरेको र उपनिर्वाचनमार्फत ती चुनौती चिर्ने अवसर आएको टिप्पणी गर्छन्।

‘महामन्त्रीद्वयको फेस बिक्छ। पार्टी सभापति र प्रधानमन्त्री बन्ने बाटोमा रहनुभएका महामन्त्रीद्वयको राजनीतिक भविष्यमा चुनौती थपिँदै गएका छन्। उहाँहरुलाई उपनिर्वाचन मार्फत ती चुनौती चिर्ने अवसर पनि प्राप्त भएको छ,’ उनी भन्छन्, ‘हिजो कांग्रेसमा अवसरैअवसर पाएर पार्टी छाड्ने बेला स्वर्णिम वाग्लेले लगाएका आरोप पनि चिर्नु पर्नेछ। त्यसैले महामन्त्रीद्वयलाई खटाइएको हो।’

कारबाही फुकुवाबारे जोशी गरम, कोइराला नरम
पूर्वसहमहामन्त्री जोशीलाई २०७४ मा रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको अरोपमा कांग्रेसले २०७५ पुस २४ मा अनुशासन कारबाही गर्दै ५ वर्षका लागि साधारण सदस्यबाट हटाएको थियो। ०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए। तर, उनले ६ हजार ८ सय ७८ मत मात्रै ल्याएका थिए। २०८० साल पुस २४ सम्मलाई कांग्रेसले जोशीलाई कारबाही गरेको थियो। तर, अवधि अगावै कांग्रेसले कारबाही फिर्ता लियो। तर, जोशी कारबाही फुकुवा गर्ने कांग्रेसको निर्णयप्रति सकारात्मक सुनिएनन्।

जोशीले कारबाहीमा परेको र फुकुवा भएको विषयमा आफूलाई सूचना नदिइएको बताए। ‘मलाई कारबाही गरेको पनि अहिलेसम्म सूचना आएको छैन। फुकुवा भएको हल्ला सुनेको छु,’ उनले भने, ‘म अहिले कांग्रेसको सदस्य छैन। मसँग वार्ता गरेर कुरा मिलेको भए मेरो बारेमा निर्णय गर्नु उचित हुन्थ्यो। त्यसै निर्णय गर्नु यो जालझेलपूर्ण हो, मलाई कुनै सरोकार छैन यसमा।’ यद्यपि यसपालिको उपनिर्वाचनमा उम्मेदवार नबन्ने बताइसकेका छन्। जोशी उम्मेदवार नबन्दा आफ्नो पक्षमा माहोल बनाउन सकिने विश्वास कांग्रेसको छ।

करिब १० वर्ष कारबाही खेपेका कोइरालाले भने न्याय पाएको प्रतिक्रिया दिएका छन्। उनलाई २०७० सालको संविधान सभा निर्वाचनमा चितवन–४ (तत्कालीन निर्वाचन क्षेत्र)मा पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले कारबाही गरेको थियो। उनले पटक–पटक कारबाही फुकुवाको माग समेत गर्दै आएका थिए। उनले पार्टीले कारबाही फुकुवा गर्ने निर्णयलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए।

‘पार्टीभन्दा बाहिर भइन्छ भनेर थाहा पाउँदापाउँदै मैले उम्मेदवारी दिएको थिएँ। ६ वर्षभन्दा बढी बाहिरै भएँ। विभिन्न कारणले मलाई थप ४ वर्ष यत्तिकै कारबाही गरेर राखियो,’ उनले भने, ‘ढिलै भएपनि कारबाही फुकुवाको निर्णय भएको छ। यसलाई सकारात्मक रुपमा लिएको छु। म कारबाहीमा परेपनि कहिल्यै विचलित भइनँ। पार्टीले आगामी दिनमा कस्तो भूमिका दिन्छ सोहीअनुसारको जिम्मेवारी पूरा गर्छु।’

प्रकाशित: २०७९ चैत १९ गते आईतबार ०६:२५
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना