काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै चालू आर्थिक वर्ष २०८०/८१ को लागि जि.पि.राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ ।
बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई गत आवको मुनाफबाट रु. १,३६,४२,०१,६९२ (चुक्तापूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७,१८,००,०८९ (चुक्तापूँजीको ०.७० प्रतिशत) नगद लाभांश(कर प्रयोजनको लागि)गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वार्षिक साधारण सभाले माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । हाल माछापुच्छ्रे बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैँया संचित रहेको बैंकले जनाएको छ ।
उक्त साधारण सभामा बोल्दै बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितीलाई मजबुत बनाउन बैंककोतर्फबाट यथासक्य योगदान पुर्याउने उद्धेश्यका साथ सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरि कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योगलगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरुलाई समेत उचितप्रतिफलप्रदानगर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए ।
डा.महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिअनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउँदै बैंक सधै अर्थपुर्ण मर्जरका लागि सकारात्मक रही सोहीबमोजिम छलफलहरु समेत गर्दै आइरहेको जानकारी गराए ।
उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु मुकुन्द महत र जयमुकुन्द खनालले आ–आफ्नो मन्तव्य राख्दै बैंकले आफ्नो आन्तरिक तथा बाह्य लेखा परिक्षण कार्यलाई नियमित बनाई बैंकको वित्तीय अवस्थालाई थप पारदर्शी बनाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यहरुलाई निरन्तरता दिने कार्यमा संचालक समितिको साथ रहिरहने कुरामा विश्वासका साथ प्रतिबद्धता समेत व्यक्त गरे ।


