काठमाडौँ- ‘मलाई चमत्कार जस्तो महसुस भइरहेको छ,’ ईसेवाले आयोजना गरेको घर हस्तान्तरण गर्ने कार्यक्रममा पूर्णबहादुर श्रेष्ठले भने, ‘नयाँ घर जित्न पाउँदा आश्चर्यचकित भएको छु।’
खाडीमा पसिना बगाएको दशक बित्नै लागेको थियो। पूर्णबहादुरलाई दुबईको सारजहामा नै पुगेर ईसेवाको टिमले निम्ता गरी काठमाडौँमा समारोहका बीच घर हस्तान्तरण गरेको थियो।
परिवारको आर्थिक अवस्था सुधार्न दुबईमा चालक पेसामा काम गरिरहेको आफूलाई एकाएक घरको चाबी हस्तान्तरण गर्दा पूर्ण चकित थिए।
‘काठमाडौँमा घर उपहार’ कसरी सम्भव भयो त? ईसेवा मनी ट्रान्सफरले काठमाडौँमा घर बनाउने पूर्णको सपनालाई साकार बनाइदिएको थियो।
श्रेष्ठले दुबईबाट नेपालमा पैसा पठाएका थिए। ईसेवा मनी ट्रान्सफरमार्फत् बुबाको बैंकखातामा पठाएको रकम सहजै भुक्तानी भयो। ईसेवा मनी ट्रान्सफरबाट पठाएको त्यही रकमले पूर्णको घरसपना पूरा दिएको थियो।
ईसेवाले सञ्चालन गरेको ‘मेरो डिजिटल देश अभियान’ अन्तर्गत श्रेष्ठले बम्पर पुरस्कारमा ललितपुरमा घर जितेका हुन्।
२०८० असार ७ गते घर हस्तान्तरण कार्यक्रममा श्रेष्ठ ईसेवाप्रति कृतज्ञ सुनिए, ‘मेरो सपनालाई साकार तुल्याएकोमा ईसेवा मनी ट्रान्स्फरप्रति कृतज्ञ छु। मेरो सपना ईसेवा मनी ट्रान्सफरले पूरा गरिदिएको छ।’
काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणाका साथ गत वर्ष असोज ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिमध्ये एक जनालाई छनौट गरी घर प्रदान गरिएको ईसेवा मनी ट्रान्सफरका निर्देशक डेनियल डी श्रेष्ठले जानकारी दिए। उक्त पुरस्कार पूर्णले पाएका हुन्।
नेपाली अर्थतन्त्रलाई डिजिटल बनाउन प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले चलाइएको ‘मेरो डिजिटल देश’ अभियान सफल भएको उनको भनाइ छ।
वैधानिक च्यानलबाट नेपालमा रेमिट्यान्स भित्रियोस् भनेर आफूहरूले काठमाडौँमा घर पुरस्कार राखिएको श्रेष्ठ बताउँछन्। हुन्डी कारोबार न्यूनीकरणमा सहयोग पुगोस् भनेर विदेशमा काम गर्ने नेपालीलाई प्रेरित गर्न कार्यक्रम ल्याइएको श्रेष्ठको भनाइ छ।
‘मेरो डिजिटल देश’ अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घरमै पुगेर आकर्षक उपहारसमेत प्रदान गरेको ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए। पहिलो वर्षको अभियानबाट आफूहरू थप उत्साहित भएकाले दोस्रो वर्षमा पनि कार्यक्रम ल्याउने तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ। ‘हामीले जुन उदेश्यका साथ पहिलो वर्षको अभियान सञ्चालन गरेका थियौँ, त्यसमा नेपाली दाजुभाइदिदीबहिनीको उत्साहजनक सहभागिता रह्यो। त्यसैले अभियानको दोस्रो संस्करणको तयारी अन्तिम अवस्थामा पुगेको छ,’ कोइराला भन्छन्, ‘पहिलो वर्षजस्तै यस वर्ष पनि अभियानमा सक्रियतापूर्वक सभागिता जनाएर वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा हाम्रो छ।’
१० महिने यसपालिको योजना १ असोज २०८० बाट सुरु भएर ३१ असार २०८१ सम्म जारी रहनेछ।
‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत उक्त योजनामा सहभागी भएका ४ परिवारलाई विशेष कोसेली पनि दिने योजना कम्पनीले बनाएको छ।
यसपालिको अभियानमा हरेक महिना १ जनाको पैसा डबल हुनेछ भने बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन्।
‘कम्पनीले ‘मेरो डिजिटल देश’को अवधरणाअनुसार विदेशबाट पैसा पठाउँदा कमसेकम वैधानिक माध्यमको प्रयोग गरौँ भन्ने नै हो,’ कम्पनीका सीईओ कोइराला भन्छन्, ‘यसो गर्दा पैसा पनि बैंकखाता/ईसेवाको वालेटमै आउँछ। राष्ट्र बैंकको रिजर्भ ब्यालेन्स बढ्ने हुन्छ।’
अहिले सरकारले विदेश जाने हरेक नेपालीहरुको बैंक खाता हुनुपर्ने अनिवार्य गरेको छ। ‘विदेशबाट पठाउने रकम वा रेमिट्यान्स वैधानिक रुपमा बैंकखातामै पठाउन सरकारले प्रोत्साहन गरेको छ,’ यसलाई सहयोग गर्नु पनि हाम्रो दायित्व हो,’ श्रेष्ठ भन्छन्।
विदेशमा काम गर्ने नेपालीहरुलाई प्रलोभनमा पारेर हुन्डीमार्फत कारोबार गर्न विभिन्न पक्षहरूले उत्साहित गर्दथे। ‘कम्पनीले विदेशमा पसिना बगाएर र श्रम बेचेर पठाएको पैसा वैधानिक रुपमा नै भित्रियोस् र सुरक्षित पनि होस्,’ कोइराला थप्छन्, ‘राज्यलाई पनि योगदान दिने किसिमले डिजिटल रेमिट्यान्सकै प्रयोगबाट पठाउने कुरामा प्रोत्साहन गर्दै आएको छ।’
ईसेवा मनी ट्रान्सफर बैंकिङ कारोबारलाई डिजिटलाइज गर्न लागी परेको प्रविधि कम्पनी एफवानसफ्टको भगिनी हो।
फिनटेक कम्पनी ग्रुप एफवान सफ्टअन्तर्गत ईसेवा मनी ट्रान्सफर २०७७ वैशाखमा स्थापना भएको हो। उसले सुरु गरेको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरमार्फत २७२ देश/क्षेत्रमार्फत् नेपालका बैंकखातामा रेमिट्यान्स रकम पठाउन/पाउन सकिन्छ।
नेपालका विभिन्न ६० वटा भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरेको मनी ट्रान्टसफरमार्फत् आएको रकम तुरुन्तै ग्राहकको बैंक खातामा प्राप्त गर्न सकिने सुविधा छ। उक्त रकम ईसेवा वालेटमा पनि प्राप्त गर्न सकिन्छ।
ट्रान्सफरले आफ्नो सञ्जाल विस्तार गर्ने क्रम जारी राखेको निर्देशक श्रेष्ठ बताउँछन्। ईसेवाले ४ वर्षयता डिजिटल रेमिट्यान्स र डिजिटल पेमेन्टमा दरिलो भूमिका खेल्दै आएको छ।
‘कम्पनीले विस्तार गरेको सेवा र कारोबारको हिसाबले हामी तेस्रो नम्बरमा छौँ। नेपालमा ५२ वटा रेमिट्यान्स कम्पनीले कारोबार गरिरहेका छन्। स्थापनाको चार वर्षमा नै तेस्रो स्थानमा पुग्नु हाम्रा लागि ठूलो सफलता मात्र होइन, सेवाग्राहीको विश्वास त्यो भन्दा धेरै ठूलो कुरा हो,’ ईसेवा मनि ट्रान्सफरका ब्रान्ड म्यानेजर आशिष दाहालले भने, ‘हामी पहिलो नम्बरतर्फको यात्रामा छौँ।’
अहिले कम्पनीले ५० जनाभन्दा बढीलाई रोजगारी दिएको छ। कम्पनी विस्तार भएसँगै रोजगारीका अवसर पनि थपिँदै गएको छन्।
धेरै सेवाग्राहीले ईसेवा र ईसेवा मनी ट्रान्सफरलाई एकै रूपमा बुझ्ने गरेको आफूहरूले पाएको उनी बताउँछन्। ‘ईसेवा डिजिटल वालेट हो। ईसेवा मनि ट्रान्सफर क्रसबोर्डर पैसा पठाउने रेमिट्यान्स कम्पनी हो,’ दुवै कम्पनीबीचको भिन्नताबारे प्रष्ट पार्दै दाहाल थप्छन्, ‘ईसेवा मनी ट्रान्सफरमार्फत् विदेशबाट पठाएको पैसा ईसेवा वालेटमा पाउन सकिन्छ।’
कम्पनीले विदेशमा रहेका नेपालीहरूमा डिजिटल कारोबारप्रतिको व्यवहारमा परिवर्तन ल्याउन अभियान प्रभावकारी भएको उनको भनाइ छ।


