काठमाडौँ– डिस मिडिया नेटवर्क लिमिटेडको दसैँ तिहारलक्षित सुपरस्टार मेगास्टार स्किमका विजेता बुकबहादुर तामाङ बनेका छन्।
शुक्रबार ललितपुरको चापागाउँमा भएको लक्की ड्रमा तामाङ भाग्यशाली विजेता बन्न सफल भएका हुन्।
दोस्रो साताको सुपरस्टार बनेका चापागाउँका बुकबहादुर तामांग (रबिन)लाई कम्पनीले समारोह आयोजना गरी नगद १ लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गरेको हो।
चापागाउँस्थित डिलर दाइ सिवानी इलेक्ट्रोनिक्सको पसलमा कम्पनीका बिजनेस हेड जसबहादुर गुरुङ र काठमाडौं उपत्यका सेल्स इन्चार्ज सन्तोष भण्डारीले संयुक्त रूपमा बुकबहादुरलाई पुरस्कार हस्तान्तरण गरे।
विजेता तामाङको परिवारलाई शुक्रबार पाँचतारे होटलमा मनोरञ्जन समेत गराउने जनाएको छ।
कम्पनीको दसैं तिहारलक्षित स्किम मंसिर ४ गते सम्म चल्नेछ। यो स्किममा हरेक साता १/१ जना गरी (९ जना सुपरस्टार)लाई एक-एक लाख र एक जना बम्परमा १० लाख पुरस्कार दिइनेछ।
सुपरस्टारलाई डिस मिडियाले ‘टन्न क्यास सेलिब्रेटी लाइफस्टाइल’ को अनुभव र मिडियामा फेमस गराउने डिसहोमले जनाएको छ।


