काठमाडौँ- पेरिस ओलम्पिकअन्तर्गत हुने फुटबल प्रतियोगिताको पहिलो चरणको छनोट खेल्नको लागि भियनतामको महिला फुटबल टोली नेपाल आइुपुगेको छ।
महिला ओलम्पिक फुटबलको एसियाली छनोटको लागि भियतनामको टोली आइतबार अपराह्न नेपाल आइपुगेको हो।
अब नेपालले आगामि चैत २२ र २५ गते दशरथ रंगशालामा भियतनामविरुद्ध खेल्नेछ। यो छनोटका लागि नेपाल र भियतनामसँगै प्यालेस्टाइन र अफगानिस्तान पनि सहभागी बनेका थिए।
तर दुवै टिमले सहभागता रद्द गरेपछि छनोटमा दुई टिम मात्र भिड्न लागेका हुन्। यो खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले चार दिन अघि नै अन्तिम टोली सार्वजनिक गरेको थियो।
अनन्तराज थापाको प्रशिक्षणमा रहेको २२ खेलाडी सम्मिलित नेपाली टिमको घोषणा भएको हो। अब दुवै खेल दशरथ रंगशालामा छ बजे सुरु हुनेछ।
नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ
डिफेन्डरः समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ
मिडफिल्डरः रेणुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत र अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र निर्मला विक


