काठमाडौं- इंग्लिस प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर युनाइटेडले नाटकीय पुनरागमन जित निकालेको छ।
युनाइटेडले ब्रेन्टफर्डमाथि २-१ को पुनरागमन जित निकालेको हो।
१ गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै युनाइटेडले इन्ज्युरी समयमा २ गोल फर्काएर जित निकालेको हो।
युनाइटेडका दुबै गोल ८७ औं मिनेटमा मैदान प्रवेश गरेका स्कट मकटोमिनेले गरेका थिए।
२६औं मिनेट माथियास येन्सनले गोल गर्दै ब्रेन्टफर्डलाई अग्रता दिलाएका थिए।
लगातार दुई खेलमा हार बेहोरेको युनाइटेड ब्रेन्टफर्ड पनि हारको नजिक पुगिसकेको थियो।
९० मिनेटमा गोल फर्काउन नसक्दा युनाइटेडका समर्थक निराश भइसकेका थिए।
अन्त्यतिर मैदान प्रवेश गरेका मकटोमिनेले ४ मिनेटको फरकमा २ गोल गर्दै टोलीका लागि सनसनीपूर्ण जित निकालेका थिए।
उनले इन्ज्युरी समयको तेस्रो र सातौं मिनेटमा गोल गरे।
जितपछि युनाइटेड ८ खेलमा १२ अंकसहित नवौं स्थानमा उक्लेको छ। ब्रेन्टफर्ड ७ अंकसहित १४ औं स्थानमा छ।
शनिबा राति नै भएको अर्को खेलमा चेल्सीले बर्नली लाई ४-१ ले हरायो।
चेल्सीका लागि कोल पाल्मर, रहिम स्टर्लिङ र निकोलस ज्याक्सनले समान १ गोल गर्दा अर्को आत्मघाती गोल उपहार पाएको थियो।
चेल्सी ८ खेलमा ११ अंकसहित चेल्सी दसौं स्थानमा छ। बर्नली ४ अंकसहित १८ औं स्थानमा छ।
शनिबार नै टोटनह्यामले लुटोनलाई १-० हरायो। टोटनह्याम २० अंकसाथ लिगको शीर्ष स्थानमा छ।


