२०८३ कार्तिक १४ गते शुक्रबार

भारतीय पर्यटकले गरे यतिका दुई विमान चार्टर गरेर माउण्टेन फ्लाईट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २१
Yet Charter To Everest 1

काठमाडौं– नेपाल भित्रिने संख्याका हिसावले सर्बाधिक पर्यटकहरु भारतबाट नै आउन थालेका छन । असोज २० गते शनिबार भने ८० भन्दा बढी भारतीय पर्यटकले यति एयलाइन्सका दुइवटा जहाज नै चार्टर गरेर माउन्टेन फ्लाईटको आनन्द लिए ।

यति एअरलाईन्सका दुई एटिआर ७२ विमान चार्टर्ड गरेर माउन्टेन फ्लाईट मार्फत नेपालका विभिन्न हिमश्रृखंलाको अबलोकन भ्रमण गरेका हुन् ।

काठमाडौंको ह्यात होटलमा तीन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागि हुन विभिन्न भारत तथा युएईमा रहेको एकप्सको कार्यालयबाट आएका भारतीय नागरीकहरुले यो माउण्टेन फ्लाईटको अनुभव लिएका हुन् ।

विभिन्न किसिमका घटनाहरुबाट नेपालका हवाई क्षेत्र खस्कँदो अवस्थामा रहेको बेलामा हाईप्रोफाईल भारतीय पर्यटकको यो माउण्टेन फ्लाईटमा रहेको यो विशेष चासोले नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा ठूलो सकारात्मक सन्देश प्रवाह गरेको एयरलाइन्स व्यवसायी बताउँछन्।

यसले नेपालको हवाई क्षेत्र माथि विश्वासनियता बढेको छ भने छोटो समयमा पर्यटकीय गन्तब्यको सहज अनुभव हासिल गर्न सकिने माउण्टेन फ्लाईटका बारेमा समेत थप प्रबद्र्धन मिलेको यति एयरलाइन्सले जनाएको छ ।

यो चार्टर अपरेसनको जिम्मा लिएको सस्तो टिकटस् डट कमका एकाउण्ट म्यानेजर मनिस महर्जनले कुनै एकै कम्पनीको अगुवाईमा एकै पटक माउण्टेन फ्लाईटका लागि दुई वटा विमान नै चार्टर भनेको नेपालको यो पहिलो अवसर भएको बताए ।

यसबाट नेपालको पर्यटकीय सम्भवना असिमित भएको प्रमाणित भएको पनि उनले प्रष्ट पारे । यहाँ स्मरणीय छ सस्तो टिकटस् डट कम नेपालको सर्बाधिक ठूलो अनलाईन ट्राभल एजेन्सी पनि हो । नेपाली सिप र प्रविधिमा आधारीत यो अनलाईन ट्राभल एजेन्सीमार्फत सस्तो मूल्यमा जुनसुकै गन्तब्यका लागि टिकट काट्न सकिन्छ भने यसको पोर्टलबाट विभिन्न किसिमका ट्राभल प्याकेज पनि खरिद गर्न सकिन्छ ।

यो चार्टर उडानका लागि यति एअरलाईन्सले छोटो सूचनामा विमान उपलब्ध गराउन सकेकोमा एकप्सका तर्फबाट बृजेस बर्माले यति एअरलाईन्स लाई हार्दिक धन्यबाद दिए । उनले भने, ‘यो उडान मेरा र हाम्रा सबै यात्रुहरुकालागि जीवनकै अविष्मरणीय अनुभव थियो । हामी विश्वको सर्बोच्च शिखर सगरमाथाको यती नजिक थियौं कि त्यो अनुभव शब्दमा बर्णन गर्नै सकिंदैन ।’

 

प्रकाशित: २०८० असोज २१ गते आईतबार १०:५१
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना