काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी(सलिको) लिमिटेडले हवाई बीमा क्षेत्रको दायरा बढाउदै लगेको छ । बीमा क्षेत्रमा दशकौं देखि परिचित लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लि. र सगरमाथा ईन्स्योरेन्स कम्पनी लि. एक अपसमा गाभिएर बनेको सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहक वर्गको थप विश्वास तथा माया हाँसिल गर्दै हवाई बीमाका क्षेत्रमा समेत आफुलाई अघि बढाउँदै लगेको हो ।
हाल नेपालमा रहेका एभिएसन कम्पनीहरुमध्ये ७ वटा कम्पनीहरुको बीमा गर्दै आईरहेको सलिकोले निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष ०८०÷८१ को पहिलो त्रैमासिक विवरण अनुसार ७ वटा एभिएसन कम्पनीहरुको रक्षा कवचको रुपमा रहेको छ । सर्वाधिक बीमा शुल्क वापतको आम्दानी गर्न सफल सलिकोले दावी भुक्तानीतर्फ समेत सर्वाधिक भुक्तानी गरी बिपदको समयमा राहत प्रदान गर्न सफल भएको छ ।
कम्पनीमा बीमा गराउने एभिएसन कम्पनीको संख्या र बीमा शुल्कको आधारमा सलिको ईन्स्योरेन्स सरकारी बीमा कम्पनी बाहेकको बजार हिस्साको आधारमा अग्रणी स्थानमा रहेको देखिन्छ ।
कम्पनीमा बीमा गराएका हवाई साधनहरु मध्ये ४ वटा हेलिकप्टर दूर्घटना परेकोमा श्री हेलि एभरेष्टको हेलिकप्टर दूर्घटनाको क्षतिपूर्ति वापत भाद्र महिनासम्ममा करिव रु.२९ करोड भुक्तानी गरि सकेको छ भने बाँकी दूर्घटनाहरुको दावी भुक्तानी सम्बन्धि प्रक्रिया तीव्रताका साथ अगाडी बढाईएको छ ।


