सिमकोट (हुम्ला)- हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटनामा परी घाइते भएका यात्रुको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
गम्भीर घाइते तीन जनालाई उद्धार गरी केहीबेर अघि बाँकेको नेपालगञ्ज लगिएको छ।
सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको बा २१ च ७३५३ नं को जिप मानसरोवर मावि नजिक दुर्घटना भएको थियो।
दुर्घटनामा चालकसहित ९ जना घाइते भएका थिए।
दुर्घटनामा गम्भीर घाइते तीन जना वडाध्यक्षलाई हेलिउद्धार गरिएको हो।
यसरी उद्धार हुनेमा सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष ३७ वर्षीय देवजङ बोहरा, सोही गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ३५ वर्षीय पामा लामा र वडा नं का ४ का ध्रुर्वबहादुर शाही छन्। उनीहरुलाई नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सामान्य घाइते यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।


