नेकपा एमालेले बारा– २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ। एमालेले उपनिर्वाचनका लागि मनोनयन गर्ने दिन बारा–२ को उम्मेदवार टुंगाएको हो।
मंसिर ४ को निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो । जसपाबाट चुनाव जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त निर्वाचन क्षेत्र रिक्त भएको थियो। बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई अघि सार्दा जनमत पार्टीले शिवचन्द्र कुसवाहालाई उम्मेदवार बनाएको छ।
वैशाख १० मा तनहुँ क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचन हुँदैछ।


