नेकपा एमालेबाट सर्वेन्द्र खनालले तनहुँ १ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका छन्। उनले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् । वैशाख १० गते हुने मतदानका लागि आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ।
मंसीर ४ गत सम्पन्न भएको निर्वाचनबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो निर्वाचन क्षेत्र खाली भएको थियो। यो क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराउँदै छन् ।
