वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ १ नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । माओवादी केन्द्रका नेता हरिबहादुर चुमानलाई साथै लिएर उम्मेदवारी दर्ता गराउन गएका भट्टराईको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।
१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।


