२०८३ कार्तिक १४ गते शुक्रबार

इजरायलमै बिलायो गाउँमा अस्पताल बनाउने आनन्दको सपना

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २३
aananda_kr_shah

धनुषा- ‘म जीवनमा एक करोड वृक्षरोपण गर्ने सङ्कल्प गर्छु, गाउँमा ब्रह्मदेव आरबीएसएस आनन्द अक्सिजन प्रोडक्सन नाममा अक्सिजन उद्योग खोल्छु। एउटा सुविधा सम्पन्न अस्पताल बनाउँछु जस्मा कसैलाई विभेद हुने छैन’, गत भदौमा इजरायल जानुअघि धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस हो यो। गाउँको विकासको ठूलो सपना बोकेर इजरायल पुगेका उनको यो सपना अब पूरा नहुने भएको छ।

‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि तालिमका लागि इजरायल गएका उनले इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी ज्यान गुमाए। इजरायलमा मारिएका दश नेपालीमध्येका एक धनुषा सपहीका साहको मृत्युसँगै तीन बहिनी, बुबाआमा र हजुरआमाका साथै आफन्त र छिमेकी यतिबेला गहिरो शोकमा डुबेका छन्।

पुत्रवियोगमा आनन्द साहका पिता सोमन साहको आँशु रोकिएको छैन। आमा शुभकली साहको बोली बन्द छ। लहलाउँदो लक्का जवान छोराको मृत्युको खबर सुनेसँगै बुवा सोमन र आमा शुभकलीलाई गहिरो शोकमा डुबाएको छ।

७० वर्षीया हजुरआमा बसमतियादेवी, जेठी बहिनी सुनिता, माहिली बहिनी सरस्वती र कान्छी बहिनी आरती साहलाई पनि असह्य पीडा। कान्छी बहिनी आरतीलाई स्लाइन पानी दिएर राखिएको छ।

‘शनिबार आमाबुवासँग कुरा गर्छु भनेका आनन्दसँग कुरा गर्न आमाबुबाले शनिबारदेखि नै फोन गरे पनि घण्टी बजेको छ। तर आइतबारसम्म पनि फोन उठेन।’

गाउँलेहरुले उनीहरुलाई सम्झाउँदै चित्त बुझाउने प्रयास गरेपछि होसमा आउने परिवारका सदस्यमा रुवाबासी रोकिएको छैन। गाउँका सबैजसोको आँखा रसाएको छ। बुबा सोमन होसमा आउने वित्तिकै छाती ठोक्दै विलाप गर्छन्।

इजरायल जानुअघि हजुरआमा बसमतियाले घर बनाऊ, बिहे गर भनेर आनन्दलाई भनेकी थिइन्। ‘म पढाइ सकेर फर्किएपछि ठूलो घर बनाउँछु, अनि बिहे गरेर बुहारी भित्र्याउँछु। तबसम्म बाँचिरहनु दादी भनेर आश्वासन दिएका थिए,’ हजुरआमा–नातिबीचको संवाद सुनेका काका मिथिलेशले भने।

कक्षा ५ सम्म लक्ष्मीनिया गाउँपालिकास्थित स्थानीय अक्सफोर्ड अङ्ग्रेजी स्कुलमा पढेका आनन्द कक्षामा सधैँ प्रथम हुन्थे। जनकपुरधामको एन्जल्स स्कुलबाट एसएलसी र मिट क्याम्पसबाट प्लस टु गरेका उनले पूर्ण छात्रवृत्तिमा बिएससी-एजी पढेका थिए। बिएससी-एजीको पढाइपछि आनन्द पाँच महिनाका लागि इन्टर्नसिपमा डडेलधुरा गए। त्यहाँबाट इजरायल जाने निधो भयो।

घरबाट बिदा हुँदै गर्दा आनन्दले आमालाई कृषि तालिम सकेर चाँडै घर फर्किने बताएका थिए। अन्तिम पटक एक साताअघि आमासँग कुरा गर्दा पनि उनले उही कुरा दोहोर्‍याउँदै भनेका थिए।

लक्ष्मीनिया गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार साहका अनुसार दुई दिनअघि शुक्रबार आनन्दसँग उनका बहिनीहरूले फोनमा कुराकानी गरेका थिए। तर त्यो दिन आनन्दको आमाबुवासँग कुरा हुन पाएन। साहले भने, ‘शनिबार आमाबुवासँग कुरा गर्छु भनेका आनन्दसँग कुरा गर्न आमाबुबाले शनिबारदेखि नै फोन गरे पनि घण्टी बजेको छ। तर आइतबारसम्म पनि फोन उठेन।’

शनिबार इजरायलमाथि हमासको हमलाको खबर आयो। लगत्तै केही नेपाली घाइते पनि भएको समाचार बाहिरिएपछि परिवारमा छटपटि बढ्यो। इजरायलमा हमला भएको दिन शनिबार नै आनन्दका दिदीले फोन गरेकी थिइन्। तर, फोनको घण्टी बजे पनि उठेन। पटक–पटक प्रयास गर्दा पनि फोन नउठेपछि मनमा चिसो पस्यो। छटपटी झनै बढ्यो।

आइतबार पनि उनको फोनमा घण्टी गयो तर फोन उठेन। आइतबार साँझ १० जना नेपाली विद्यार्थीमा आनन्दको पनि मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरिन्।

आइतबार बेलुका परराष्ट्र मन्त्रालयले इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको पछिल्लो लडाइँमा मारिएका नेपालीको नाम सार्वजनिक गर्दा आनन्दको नाम सातौँ नम्बरमा थियो। मृतकको सूची हेर्ने बित्तिकै परिवारमा रुवाबासी चल्यो। बुवाआमासँगै सारा परिवार अझै अर्धचेत अवस्थामा छन्।

आनन्दको मृत्युको खबरले उहाँको परिवारसँगै सिङ्गो गाउँ शोकमा डुबेको छ। ‘कमाउने बेलाको छोरा बित्यो, यहाँभन्दा बढी पीडा के हुन्छ?’, बुवा सोमन साहले भन्नुभयो, ‘अब राज्यले छिटोभन्दा छिटो शव ल्याइदिओस् भन्ने कामना छ।’ -रासस

प्रकाशित: २०८० असोज २३ गते मङ्गलबार ०२:२८
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना