काठमाण्डौं– डिश मिडियो नेटवर्कले सञ्चालन गर्दै आएको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत राजिन राईले एक लाख रुपैया जितेका छन्।
राईले लक्की ड्रमार्फत नगद १ लाख जितेका हुन्।
असोज २२ गते सोमबार भएको लक्की ड्रमार्फत राईले १ एक लाख जितेको डिश मिडिया नेटवर्कले जनाएको छ। नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैँ–तिहार लक्षित आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सञ्चालन गरेको हो। यस योजनाअन्तर्गत डिशहोमको नयाँ सेवा जडान तथा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख , मिडिया कभरेज र सेलिब्रेटी जीवनशैली अनुभव गर्न सक्नेछन्। यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन्। जसमा नगद १० लाख, मिडियामा प्रसिद्धी पाउनेछन्।
यस अभियानमा सहभागी हुन ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ। सुपरस्टारको छनोट कार्यक्रम हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ।


