पोखरा– मणिपाल शिक्षण अस्पताल र निर्माण व्यवसायी संघ कास्कीबीच कर्पोरेट स्वास्थ्य जाँच योजनामा कार्यान्वयन गर्ने समझदारी भएको छ।
अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यवसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परीक्षण योजनामा समझदारी भएको हो।
समझदारीमा मणिपाल शिक्षण अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लीलकाजी गुरुङले हस्ताक्षर गरेका छन्।
सहमति भएसँगै निर्माण व्यवसायी संघ कास्कीका सम्पूर्ण सदस्य र कार्यरत कर्मचारीहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने छन्।
उनीहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्कमा पूर्ण छुट, साधारण बेडमा २५ प्रतिशत, निःशुल्क चिकित्सकीय परामर्श, साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन।
यसका अलवा सम्झौतापत्रमा न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छुट तथा नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था गरिने उल्लेख छ।
सम्झौता मङगलबारबाट नै कार्यन्वयन हुने र सेवा उपभोग्य गर्न अनिवार्य संघको फोटो सहितको परिचय पत्र लिएर जानुपर्ने अस्पताल प्रशासनले जनाएको छ।


