सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ।
बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा उक्त विधेयक आजै दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
बैठकले खाद्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदको विषयगत समितिमा छलफलका लागि पठाउने समेत निर्णय गरेको छ। उक्त प्रस्तावलाई यथाशीघ्र मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय भएको ती मन्त्रीको भनाइ छ।
