काठमाडौं- नेपाल लाइफ क्यापिटले नेपाल धितोपत्र बोर्डको समव्नयमा मधेस प्रदेशको जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ‘लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
असोज १९गते जनकपुरधाम आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ व्यक्तिहरुको सहभागिता थियो । नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नविन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्वबारे प्रकाश पारेका थिए ।
उनले निम्न आय भएका व्यक्तिले शेयर बजारमा कसरी पहुँच पु¥याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिए ।त्यसैगरी कोष प्रबन्धक नवराज सिलवालले ‘लगानीका आधारभूत कुरा, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा प्रस्तुतीकरण गरे । उनले शेयर बजारको महत्व, यसले कसरी काम गर्छ र लगानीकाथप क्षेत्रहरू के हुन् भन्ने बारेमा सर्वसाधारणमा साक्षरता ल्याउने कुरामा जोड दिए ।
नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले एक–एक गरी सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए । यसबाहेक, उनले सहभागीहरुलाई डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी प्रदान गरे । सर्वेक्षणबाट करिब ७० प्रतिशत सहभागीहरु आईपीओ आवेदनका लागि प्राइमरी मार्केटमा संलग्न रहे पनि शेयर बजारमा करिब ३० प्रतिशत मात्रै सक्रिय रहेको पाइएको थियो ।
करिब ३० प्रतिशत आईपीओ होल्डरलाई आईपीओ सेयर बेच्ने वा दोस्रो बजारमा थप सेयर कसरी किन्ने बारे जानकारी नरहेको पाईयो । प्रस्तुतीकरण र प्रश्न उत्तर सत्रपछि अतिथिहरूले मन्तव्य समेत दिएका थिए ।


