२०८३ साउन १३ गते बुधबार

स्वर्णिमको गालीपछि गगन-विश्वको आक्रोश

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २०
gagan bishow swarnim

काठमाडौँ- चैत १६ गते अपराह्न अर्थविद् स्वर्णिम वाग्लेले कांग्रेस त्यागेको समाचार भुसको आगोझैँ फैलियो। कांग्रेस परित्याग गर्नुअघि उनले कांग्रेसका चार नेता (डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा)लाई ह्वाटस्एपमा म्यासेज छाडेका थिए। म्यासेजमा भनिएको थियो, ‘प्रिय दाइ, हजुरहरूको सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।’

चार नेतालाई म्यासेज छाडेको एकाध घण्टामा उनले सामाजिक सञ्जाल मार्फत ०४२ साल देखिको कांग्रेसँगको आवद्धता तोडेको घोषणा गरे। उनले कांग्रेस त्याग्ने आफ्नो निर्णयलाई ‘भद्र राजनीतिक विद्रोह’का रुपमा अर्थ्याए। तर, उनले कांग्रेसमाथि संगीन आरोपसमेत लगाएर पार्टी छाडे। उनले पार्टी छाड्दै गर्दा भनेका थिए, ‘पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।’

कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका वाग्ले शनिबार पार्टीको केन्द्रीय कार्यालयमा सभापति रवि लामिछाने र बारा-२ बाट उम्मेदवार बनेका रमेश खरेलसँगै पत्रकार सम्मेलनमा उपस्थित भए। जहाँ उनले कांग्रेसबारे गरेको अर्को टिप्पणी थियो- परम्परागत पार्टीमा टिकट पैसामा किनबेच हुन्छ। त्यो कांग्रेसप्रति लक्षित थियो। तनहुँ-१ मा रास्वपाको टिकट सहजै पाएकोमा उनले खुसी व्यक्त गरे।

‘मालदार मन्त्रालयमा त १०औं करोडको डिल हुन्छ भन्ने छ। यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ? सत्तामा पुगिसकेपछि झन् के हुन्छ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ,’ उनले भनेका थिए, ‘त्यसलाई क्लिनअप गर्नको लागि प्राइमरीको कन्सेप्टलाई यो पार्टीले अवलम्बन गरेको छ। त्यो भनेको सुशासनको पहिलो खुड्किला हो।’

आइतबार चितवन पुगेर कांग्रेसका संस्थापक बीपी कोइरालालाई रास्वपाका अध्यक्ष रवि लामिछानेसँग तुलना गरेका छन्। ‘बीपी कोइरालाको कांग्रेस अब रहेन,’ उनले भनेका थिए, ‘तुलनै गर्ने हो भने रविजी यो २०१५ सालको बीपी कोइरालाले नेतृत्व गरेको, त्यो भिजन भएको, ऊर्जा भएको, त्यो आदर्श बोकेको, देशलाई निश्चित समयसीमाभित्र यहाँ पुर्‍याउँछु भन्ने हुटहुटीका साथ त्यो तपाईंको नेतृत्वमा ऊर्जा र भिजन देखिएको छ नि, तुलना गर्न मिल्छ त्यो कुरा।’

रास्वपा प्रवेश गरेपछि वाग्लेले कांग्रेसप्रति निरन्तर आक्रमण गरिरहेका छन्। जसले कांग्रेस कार्यकर्ता मात्रै होइन, नेताहरु पनि आक्रोशित सुनिन थालेका छन्। वाग्लेले पार्टी छाडेको चार दिनसम्म कांग्रेस नेताहरुले सार्वजनिक रुपमा टिप्पणी गरेका थिएनन्। तर, सोमबारसम्म आइपुग्दा कांग्रेसमा वाग्ले जोसँग नजिक थिए, तीनै नेताहरु उनका बारेमा कडा सुनिए। कांग्रेस परित्याग गर्नुअघि वाग्लेले ह्वाट्सएपमा म्यासेज छाडेका महामन्त्रीद्वय शर्मा र थापाले सोमबार तनहुँ र चितवनबाट उनीप्रति गरेको टिप्पणी नरम थिएन। कांग्रेसले वाग्लेलाई पटक-पटक अवसर दिएपनि ढुंगा हानेर पार्टी छाडेको टिप्पणी महामन्त्रीद्वयको छ।

२०७० सालमा सुशील कोइरालाको सरकारका पालामा राष्ट्रिय योजना आयोगको सदस्य बनेका वाग्ले ०७४ सालमा शेरबहादुर देउवा सरकारका पालामा आयोगको उपाध्यक्ष थिए। त्यसो त उनलाई कांग्रेस सभापति देउवाले २०७५ सालमा पार्टीको महासमिति सदस्यमा मनोनित गरेका थिए। गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कांग्रेसको घोषणापत्र उनै वाग्लेले लेखेका थिए।

निर्वाचनमा उनी चितवन-१, गोरखा र काठमाडौं-५ मध्ये एकठाउँबाट चुनाव लड्न चाहन्थे। तर पार्टीले टिकट दिएन। हालै राष्ट्रपति रामचन्द्र पौडेलको अवैतनिक सल्लाहकार हुन खोज्दा देउवा दम्पतिले रोकेको र उपनिर्वाचनमा टिकट समेत नदिने पक्का भएका कारण उनी रास्वपा छिरेर तनहुँ-१ मा निर्वाचन लड्ने अवस्थामा पुगेको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ।

मंसिरमा भएको निर्वाचनमा उनलाई टिकट दिलाउने सन्दर्भमा महामन्त्री थापाले ठूलै कसरत गरेका थिए। आफूले जित्दै आएको काठमाडौं-४ वाग्लेलाई छाडेर सर्लाही-४ जानेसम्मको तयारीमा गगन थिए। तर उनको प्रयास सफल भने भएन। अर्का महामन्त्री शर्माले आफू नेतृत्वको घोषणापत्र लेखन समितिको हर्ताकर्ता नै बनाएका थिए। वाग्लेले कांग्रेसप्रति गरेका टिप्पणीको निकट सम्बन्ध भएका महामन्त्रीद्वयले कडा शब्दमा खण्डन गर्नुपर्ने अवस्था आएको छ। हुन् त राजनीति निर्मम नै हुन्छ। त्यही निर्मम राजनीति अहिले महामन्त्रीद्वय र वाग्लेकाबीचमा देखिएको छ।

महामन्त्रीद्वयले वाग्लेले ढुंगा हानेर कांग्रेस छाडेको बताएका छन्। वाग्लेले निर्वाचन लड्ने तनहुँ-१ पुगेर कुनै बेला घनिष्ठ सम्बन्धमा रहेका महामन्त्री थापाले भनेका छन्, ‘मलाई त भन्न मन लाग्छ। तिमीले जागिर खाएको, घर बनाएको पेन्सन पकाएको अनि आएको हो। म त्यो बेलामा सडकमा छातिमा ढुंगा खाएर बसेको हो। जान नसक्ने भएर होइन, क्षमता नभएर होइन। तिमी गयौ भन्नेमा मेरो प्रश्न होइन। तर मलाई यहाँ बस्यौ भन्नेमा तिमीले प्रश्न गर्‍यौ भने तिमी किन गयौ भनेर मैले पनि प्रश्न गर्छु। त्यसैले मेरा साथीहरुलाई आग्रह छ- हामी पनि एउटा सपना लिएर राजनीतिमा होमिएका छौं। हामी कांग्रेस बनाउन चाहान्छौं। नेपाली कांग्रेसभित्र सबै ठिक भइरहेको छैन।’

उनले अघि भने, ‘नेपाली कांग्रेसलाई बदल्नुपर्नेछ। तर, नेपाली कांग्रेसलाई लात हानेर बाहिर बसेर कांग्रेस खराब भनेर ढुंगा हानेर, झ्याल फुटाएर कांग्रेस बदलिन्छ? कांग्रेस बदल्न त्याहिँ भित्र बसेर लड्नुपर्छ, संघर्ष गर्नुपर्छ। त्यो संघर्ष गोविन्द भट्टराईले पनि गर्ने हो, हामीले पनि गर्ने हो।’

थापाले वाग्लेलाई संघर्ष गर्न नसकेर कांग्रेस छाडेको र छाडेपछि गाली गरेकोमा आक्रोश मात्रै पोखेनन्, मतदातलाई टुरिष्ट उम्मेदवार चिन्न आग्रह समेत गरे। ‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ- तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन। यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँडने,’ थापाले भनेका थिए।

‘म यति वर्ष विदेशमा बसेर यो काम गरेर आएको, म यतिको जागिर छाडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ– मैले त जागिर नै नखाएको,’ उनले भने, ‘तनहुँका कांग्रेसका युवा साथीहरू र अरू पार्टीका पनि युवा साथीहरू, तपाईं हामीमाथि एउटा प्रश्न गरिएको छ- के नेपालभित्र बसेर यहीँका विद्यालय र विश्वविद्यालयमा पढेका हामीहरू फाल्तु हौं? के हामी सबै अयोग्यहरू हौं? के हामीले सपना देख्ने अधिकार छैन? हाम्रो संघर्ष बेकार हो?’

रास्वपा प्रवेश गरेपछि वाग्लेले कांग्रेसप्रति निरन्तर आक्रमण गरिरहेका छन्। जसले कांग्रेस कार्यकर्ता मात्रै होइन, नेताहरु पनि आक्रोशित सुनिन थालेका छन्।

कांग्रेस छाड्ने बेलामा स्टाटस लेख्दै डा स्वर्णिम कोइरालाले कांग्रेसलाई दाजु भाउजू सालासालीको पार्टी भएको आरोप लगाएका थिए। त्यसलाई पनि गगनले सभाबाटै उत्तर दिएका छन्। ‘कतिपय साथीहरूले के भन्नुहुन्छ भने- नेपाली कांग्रेस पार्टी दाजु-भाउजूको पार्टी भयो। त्यसकारणले गर्दा दाजु-भाउजूको पार्टीसँग हामी धेरै नजिक भएर बस्न सक्दैनौं,’ उनले थपेका थिए, ‘म चुनौतीका साथ भन्छु, उपनिर्वाचन पछाडि पुष्पकमल दाहाल नेतृत्वको सरकारले नयाँ पार्टीलाई गृहलगायत मन्त्रालय दिन्छु भन्यो भने नयाँ पार्टी सरकारमा आउँछ कि आउँदैन? आउँछ कि आउँदैन? आउँछ। त्यो बेलामा दाइसँग बस्दिनँ, भाउजूसँग बस्दिनँ भन्छ? भन्दैन। त्यो बेलामा दाइ पनि कति राम्रो भाउजू पनि कति राम्रो, यता हेरे पनि राम्रो उता हेरे पनि राम्रो भन्छ। कतिखेर? जतिखेर भनेको मन्त्रालय पायो। आखिर विषय के हो? यता पनि ठिक उता पनि ठिक? तपाईंलाई परेको बेला दाइ पनि ठिक, तपाईंलाई माफी दिए भाउजू पनि ठिक? सबै ठिक। तपाईंले भनेको मन्त्रालय प्राप्त भएन भने सबै बेठिक? यही हो नयाँ पार्टी, यही हो नयाँ चाल?’ 

अर्का महामन्त्री शर्माले पनि चितवन-१ मा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ता अघि भएको सभामा वाग्ले प्रति कटाक्ष गरेका थिए। उनले कांग्रेसले वाग्लेलाई यहाँसम्म पुग्न कांग्रेसले मञ्च दिएर यहाँसम्म पुर्‍याएपनि गाली गरेर पार्टी छाडेकाले उनमा राजनीतिक संस्कार नभएको टिप्पणी गरे।

‘कांग्रेसले उहाँलाई मञ्च दियो। कविता भन्न जान्दछु भन्दा कविता भन्न दियो, गीत गाउन जान्दछु भन्दा गीत गाउन दियो। नाच्न पनि जान्दछु भन्दा पख्नु न पालो आउँछ बिस्तारै भन्यो,’ शर्माले भने, ‘त्यसो भन्दा उहाँले कांग्रेस माथि नै प्रश्न गर्नुभयो। यसबाट थाहा हुन्छ उहाँ कति सुसंस्कृत हुनुहुँदो रहेछ।’

सभापति शेरबहादुर देउवा दम्पतीको आलोचना गर्न पाइने तर हिजोअस्ति राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको मान्छेले कांग्रेसमा अवसर पाइनँ भनेर गाली गर्न नपाइने उनको भनाइ थियो। उनले संयम र धैर्यताको परिक्षा पास गर्न नसके वौद्धिकतामा प्रश्न उठ्ने बताए।

‘म बौद्धिकताको अनादर म गर्दिनँ, हामीसँग हुँदा बौद्धिक, हामीलाई छोड्नेबित्तिकै अबौद्धिक म भन्दिनँ,’ शर्माले भने, ‘तर बौद्धिकताले पनि जनताको बीचमा जान संयमको, धैर्यताको परीक्षा पारित गर्न सक्दैन भने त्यो बौद्धिकतामा प्रश्न उठ्नु स्वाभाविक हुन्छ।’

प्रकाशित: २०७९ चैत २० गते सोमबार ०५:५२
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना